आरपि उपाध्याय / नवलपरासी , २७ असाेज
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी ब.सु.पु. ले चाडपर्वलाई लक्षित गरी सवारी चालकहरुलाई सचेतनामुलक प्रशिक्षण कार्यक्रमलाई थप निरन्तरता दिएको छ ।
जिल्ला ट्राफिक कार्यालयले देवचुली नगरपालिका वार्ड नंं १३ स्थित नवलपुर लेकबेशी यातायात प्रा.लि.को सभाहलमा ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको जिल्ला ट्राफिक प्रहरी निरीक्षक अच्युतराज नेपालले जानकारी दिनुभएको छ ।
देवचुली नगरपालिका वार्ड नंं १३ का वार्ड अध्यक्ष एकदेव पौडेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा जिल्ला ट्राफिक निरीक्षक आचार्यले सहजिकरण गर्दै यस्ता खाले कार्यक्रममा सम्बन्धित सबै सरोकार निकायको ध्यान जान जरुरी रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा यातायात प्रा.लि. का अध्यक्ष एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सो अवसरमा ३८ जना सवारी चालकहरुको सहभागिता रहेको जिल्ला ट्राफिक कार्यालय कावासोतीले जानकारी दिएको छ ।
यस पुर्व पनि जिल्ला ट्राफिक कार्यालय नवलपुरले अरुणखोला गैडाकोट ,रजहर, दुम्किबास, लगायत बजारहरुमा सवारी दुर्घटना न्युनीकरण सम्बन्धि जनचेतनामुलक कार्यक्रम सञ्चालन गरि सकेको बताईएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

