Rashtriya Dainik

ट्राफिक कार्यालय कृष्णनगरको दुर्घटना न्यूनीकरण गर्न जनचेतना कार्यक्रम

कृष्णनगर,२७ असोज

जिल्ला ट्राफिक कार्यालय कपिलवस्तु मताहत रहेको ट्राफिक कार्यालय कृष्णनगरले दुर्घटना न्यूनीकरण गर्न हरेक सम्भव प्रयास गर्दै आएको छ।

ट्राफिक कार्यालय कृष्णनगरका सहायक प्रहरी निरिक्षक जीत बहादुर भाटको कमाण्डमा बेला बेलामा ट्राफिक सचेतना कार्यक्रम लिएर विद्यालयमा जाने गरेको तथा छड्के चेकिंग गरि हेल्मेट नलगाउने कागजपत्र साथमा न राख्ने व्यक्ति लाई सचेत गरिनुका साथै जरिवाना समेत गर्दै आएको छ।
तिन महिनाको अवधिमा विभिन्न सवारी साधन हरूले ट्राफिक नियम उलंघन गरिए बाफत पैतिस लाख राजस्व संकलन गरिएको दुई हजार आठ सय जनामा जनचेतना गराइएको तथा कृष्णनगर क्षेत्रमा चल्ने टेम्पो चालक लाई टेम्पोको दायां साइडमा बार लगाउन निर्देशन गरिएको बिना हेलमेट बाइक चलाउन निरूत्साहित गरिएको सवारी दुर्घटना पूर्ण रूपमा नियन्त्रण गर्न हरेक सम्भव प्रयास गरिदै आएको कृष्णनगर ट्राफिक कार्यालय प्रमुख प्रहरी नायब निरिक्षक राघव सिंह राठोरले बताएका छन्।

दशै तिहार तथा चाडपर्व लाई लक्षित गरि नागरिक हरूको सहजता तथा विभिन्न बहानामा सवारी साधनमा हुन सक्ने ठगी, बढी भाडा लिन सक्ने जस्ता सम्भावित घटना न्यूनीकरण गर्न ट्राफिक कार्यालय कृष्णनगरले नागरिक सहायता कक्ष स्थापना गरि नागरिक लाई सेवा दिइ रहेको छ। साथै समय समयमा सार्वजनिक यातायातका साधनमा समेत क्षमता भन्दा बढी यात्रु न राख्न निर्देशन दिदै आएको ट्राफिक कार्यालय कृष्णनगरले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित