Rashtriya Dainik

पर्साको धोबीनी गाउँपालिका वडा नं ४ लंगडीचौकमा सरसफाइ कार्यक्रम सम्पन्न

राजन कुमार बानिया /पर्सा , २७ असोज

बिजया दशमीको अवसरमा पर्साको धोबीनी गाउँपालिका वडा नं ४ लंगडी चौक अाज सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।

नवदुर्गा पुजा समिति लंगडी, सामुदाय प्रहरी साझेदारी ईलाका प्रहरी कार्यालय लंगडी र धोबिनी गाउँपालिकामा रहेको गाउँपालिका प्रहरी हरुको संयुक्त अायोजनामा लंगडी चौकमा भईरहेको दुर्गा पुजा स्थल लगायत चौक लगायत ठाउँमा सरसफाइ कार्यक्रम गरिएको छ।

बिजया दशमीको अवसरमा भईरहेको दुर्गा पुजा अाईतबार देखि घटस्थापना सुरु हुने भएको मध्यनजर गरि दुर्गा पुजा समिति लंगडी र समुदाय प्रहरी साझेदारी र गाउँपालिका प्रहरीले सरसफाइ गरिएको हो।

सरसफाइ कार्यक्रममा दुर्गा पुजा समिति लंगडीका अध्यक्ष रामाशंकर साह, धोबिनी गापाको उपाध्यक्ष प्रतिनिधि श्यामकिसोर पटेल, ईप्रका लंगडीका प्रहरी नायब निरिक्षक राजाराम यादव,मिर्जापुर प्रहरी चौकीका प्रमुख सुरेश साह, पुजा समितिका बिरेन्द्र साह कलवार,कमरुल मियाँ ,लालबाबु पटेल,अर्जुण साह, प्रमोद साह र गाउँपालिका प्रहरी अमन नेपाल,प्रशान्त पटेल, कनाहि पटेल, रमेश पटेल ,इसखार मिया लगायत समितिका सदस्य, नेपाल प्रहरी र गाउँपालिका प्रहरीलगायत हरुको सहभागिता रहेको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित