ज्ञानेश्वर सहानी / नवलपरासी /२५ पुष । बालमैत्री स्थानीय शासन अवलम्बनका लागी पश्चिम् नवलपरासीको रामग्राम नगरपालिकाले तीव्रता लिएको छ । आज विभिन्न ठाउँमा छुट्टाछुट्टै कार्यक्रम गर्दै एक ठाँउमा र्याली समेत निकाली बाल मैत्री वातावरण निर्माणका लागी सन्देश प्रवाह गरिएको छ । रामग्राम नगरपालिका वडा न ८ को वडा बाल सञ्जालकाे आयाेजना तथा रामग्राम नगरपालिका काे सहयाेगमा बाल मैत्री स्थानीय शाशन सम्बन्धित र्याली कार्यक्रम गरिएको छ। रामग्राम नगरपालिका वडा न: ८ बैकुण्ठपुर को प्रत्येक टोल टोल बाट निकालेको र्याली वडा कार्यालय अगाडिमा समापन गरिएको थियो । वडा बाल सञ्जाल का अध्यक्ष मुकेश कहाँर काे अध्यक्षता तथा रामग्राम नगरपालिका वार्ड नं ८ को वडा अध्यक्ष महेन्द्र ठाकुरकाे प्रमुख अतिथिक्ता तथा रामग्राम नगरपालिकाका बाल मैत्री सम्पर्क व्यक्ति नगेन्द्र यादव , वडा नम्बर ८ का वडा सदस्य राजेन्द्रकुमार यादव , टाेल विकास संस्थाका अध्यक्ष रामजी सहानी, पत्रकार ज्ञानेश्वर सहानी , सुरेश यादव लगायतको व्यक्ति अतिथिक्ता रहेको कार्यक्रममा स्वागत मन्तव्य वडा बाल सञ्जालका उपाध्यक्ष अमिसा कुर्मीले राख्नु भएको थियो भने कार्यक्रम सन्चालक समाजिक परिचालीका पन्मी कुमारी गुप्ता गरेका थिए । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।