Rashtriya Dainik

उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ र कांग्रेसका प्रभावशाली नेता कण्डेल बिच भेटवार्ता

राष्ट्रिय दैनिक ,२७ असाेज

भारतको उत्तरप्रदेशका मुख्यमन्त्री तथा भारतिय जनता पार्टीका प्रभावशाली नेता योगी आदित्यनाथ महाराज र नेपाली कांग्रेसका प्रभावशाली नेता एवं केन्द्रिय सदस्य तथा पूर्व गृहराज्य मन्त्री देबेन्द्रराज कण्डेल बिच भेटवार्ता भएको छ ।

उहाहरुबिच शुक्रबार उत्तरप्रदेशको प्रयागराज,लखनउ स्थित मुख्यमन्त्री कार्यकक्षमा सौहार्दपुर्ण शिष्टाचार भेटवार्ता भएको हो ।

उक्त भेटमा नेता कंडेलले विशेष गरी उत्तर प्रदेश राज्यसँग जोडिएका नेपाल र भारतका सिमाक्षेत्रमा हुने समस्यालाई न्यूनीकरण गर्न,सहज आवत-जावतको व्यवस्था मिलाउन र दुई देशबीचको ब्यापार नीतिलाई समयानुकुल परिमार्जन गर्न आवश्यक रहेको मुख्यमन्त्रीलाई जानकारी गराउनु भएको थियो ।

नेता कंडेलले लुम्बिनी प्रदेशका तराईका सबै जिल्ला उत्तर प्रदेशसँग जोडिएकाले लुम्बिनी प्रदेशको औद्योगिक, आर्थिक र पर्यटन विकासमा सहयोग गर्न माग गर्नुभएको हाे।

सीमा क्षेत्रमा रहेका सुस्ता अतिक्रमण,गण्डक बाँध लगायत समस्या दुई देशको उच्चस्तरीय वार्ताबाट समाधानमा सहयोग गर्न गर्न पनि नेता कंडेलले माग गरेका वहाँका स्वकीय सचिव कमलकिशोर रायमाझीले जानकारी दिनुभएको हाे ।

भेटमा उत्तरप्रदेशका पुर्व मन्त्री सुजन त्रिपाठी , ब्यवसायी योगेश बाजपेयी सहित सौहार्दपुर्ण शिष्टाचार भेटवार्ता भएको नेता कण्डेलकाे स्वकीय सचिव रायमाझीले जानकारी दिनुभएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित