Rashtriya Dainik

एमसीसीको प्रसारणलाइनका सबै ठेक्का रद्द

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन अन्तर्गतको प्रसारण लाइन परियोजनाका सबै ठेक्का रद्द भएका छन् ।

मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले शुक्रवार एक सूचना गरी गर्दै यी सबै ठेक्का रद्द भएको जानकारी दिएको हो । लागत अनुमानभन्दा अस्वाभाविक बढी रकम राखेर टेण्डर आह्वान भएपछि कार्यान्वयन निकाय एमसीएले ठेक्का रद्द गरेको हो ।

अब एमसीए नेपालले पुनः ठेक्का खुलाउने छ । एमसीए नेपालले ३ सय १५ किलोमिटर लामो ४ सय केभी क्षमताको प्रसारण लाइन निर्माणका ३ वटा समूहमा विभाजन गरेर ठेक्का निकालेको थियो । यी प्रसारणलाइनको लागत २२ करोड ६ लाख अमेरिकी डलर पर्ने अनुमान छ ।

तर, ठेक्कामा न्यूनतम प्रस्ताव नै ६६ प्रतिशतभन्दा बढी अर्थात् ३६ करोड ५९ अमेरिकी डलर परेको थियो । बढी लागत अनुमानको टेण्डर परेकोले हालको टेन्डर रद्द गरेर एमसीएले अर्को टेण्डर खुलाउनेछ ।

लप्सीफेदी-रातमाटे-न्यू हेटौँडा १ सय १७ किलोमिटर लामो प्रसारण लाइन ४ सय केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ । रातमाटे-दमौली ९० किलोमिटर लामो ४ सय केभी निर्माण हुने छ । भने, न्यू दमौली-न्यू बुटवल प्रसारण लाइन ९० किलोमिटर लामो र नेपाल भारत अन्तरदेशीय प्रसारण लाइनको खण्डको १८ किलोमिटर लामो प्रसारण लाइन निर्माणगरिने छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित