आरपि उपाध्याय / नवलपरासी , २६ असाेज
पश्चिम नवलपरासीमा चाडपर्व लक्षित गरि यात्रु सहायता कक्षको एक कार्यक्रमको बिच सुभारम्भ गरिएको छ।
जिल्ला अन्तर्गत विभिन्न ५ स्थानहरुमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख ट्राफिक निरीक्षक राजु खत्रीले जानकारी दिनुभएको छ।
रामग्राम नगरपालिका को परासी स्थित बाइपास चोक र पाल्हिनन्दन गाउँपालिकाको महेशपुर बसपार्क,सुनवल नगरपालिका को सुनवल चोक र भुमही चोकमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको बताइएको छ।
यात्रु सहायता केन्द्र सञ्चालन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले सवारी दुर्घटना कम गर्ने तथा चाडपर्वमा यात्रु वर्गको चापलाई व्यवस्थित गर्नुका साथै यात्रु वर्गलाई पर्ने कठिनाई कम गर्न यात्रु सहायता केन्द्र २४ घण्टा नै सञ्चालन रहने धारणा राख्नुभयो।
सो अवसरमा जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक काजि कुमार आचार्यले सबैमा धन्यवाद ज्ञापन गर्दै यात्रु वर्गलाई यात्रा अवधिहरुको समय सहज बनाउनु तथा कसैलाई समस्या नपरोस भन्ने उद्देश्यले नै यात्रु सहायता कक्षको स्थापना गरिएको जिकिर गर्नुभयो।
कार्यक्रममा बर्दघाट नगरपालिका ४ का वडाध्यक्ष बेद बिलास तिवारी,उधोग वाणिज्य संघ बर्दघाटका अध्यक्ष लेखनाथ न्यौपाने पश्चिमाञ्चल ट्रक व्यवसायी समितिका यम पाण्डे,पश्चिम नेपाल बस व्यवसायी संघ बर्दघाटका अध्यक्ष बिरेन्द्र श्रेष्ठ र सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

