आरपि उपाध्याय / नवलपरासी ,२६ असाेज
पश्चिम नवलपरासीको सुस्ताबाट विश्व हिन्दु परिषदका कार्यकर्ताहरुले ९ को सङ्ख्यामा गोरु नियन्त्रणमा लिएका छन।
सुस्ता गाउँपालिका ५ अन्तर्गत सेमरी घोलबाट नारायणी नदीतर्फ लैजादै गरेको अवस्थामा विश्व हिन्दु परिषद नेपालका कार्यकर्ताहरुले गोरु नियन्त्रणमा लिएको विश्व हिन्दु परिषद नेपाल सुस्ता वडा न.५ का संयोजक हिटलर यादवले जानकारी दिनुभएको छ।
गोरु तस्करहरुले सुस्ता र प्रतापपुर गाउँपालिका को ग्रामीण भेगबाट खरिद गरि सेमरी हुँदै नारायणी नदीबाट तारेर भारत बिहारतर्फ लैजाने नियत देखिएकोमा स्थानीयको सहयोगमा गोरु नियन्त्रणमा लिएको बताइएको छ।
विश्व हिन्दु परिषद नेपालका कार्यकर्ताद्वारा समातिएको गोरु सुस्ता ५ को वडाध्यक्ष प्रभुनाथ यादव र प्रहरी चौकी रामनगरको रोहबरमा स्थानीय किसानहरुलाई वितरण गरिएको जानकारीमा आएको छ।
समातिएका गोरुलाई नियन्त्रणमा लिइएपछी ती गोरु किसानलाई वितरण गर्दा किसानले गोरु विक्री गर्न नपाउने लिखित शर्त राखिएको पनि जानकारी प्राप्त भएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

