नवलपरासी , २६ असोज
पश्चिम नवलपरासीका विभिन्न पाँच वटा स्थानमा यात्रु सहायता कक्ष संचालन गरिएको छ ।
सुनवल नगर पालिका १२ मा भुमही चोकमा, सुनवल चोक ,बर्दघाट नगरपालिकाको बर्दघाट ०४ स्थित त्रीबेणी चोक, रामग्राम नगरपालिकाको परासीको बाइपास चोक र पाल्हिनन्दन गाउपालिकाको महेसपुर बसपार्क यात्रु संचालन गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजु खत्रीले बताउनु भयो ।
यात्रु सहायता कक्ष २४ सै घण्टा संचालन हुने र यात्रुको सहज यात्रा बनाउनका लागि सबै पक्षले सहयोग गर्नु पर्ने प्रहरी निरीक्षक खत्रीले बताउनुभयो ।
कार्यक्रमका अध्यक्ष तथा जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक काजीकुमार आचार्यले चाडपर्वमा यात्रुको चाप बढ्ने बताउदै नागरिकहरु यात्राको क्रममामा सहज यात्रा बनाउन यात्रु सहायता कक्ष संचालन गरिएको बताउनु भयो ।
चाडपर्वको समयमा यात्रा गर्ने कोहि कसैलाई पनि समस्या नहोस् भन्ने उद्देश्यले नवलपरासीका विभिन्न ठाउँहरुमा यात्रु सहायता कक्ष संचालनमा ल्याइएको आचार्यले बताउनु भयो ।स
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

