Rashtriya Dainik

सांसद विनोद चौधरीको पहलमा स्वास्थ्य मन्त्रालयले नवलपरासीमा पठायो तीन चिकित्सक

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का विभिन्न तीन स्वास्थ्य संस्थामा चिकित्सक पठाएको छ ।

नवलपरासी-१ बाट प्रत्यक्ष निर्वाचित सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीको पहलमा मन्त्रालयले तीन चिकित्सक पठाएको हो ।

मन्त्रालयका अनुसार चिसापानी अस्पताल, बर्दघाटका लागि डा मोहम्मद रजा अन्सारी, पकलिहवा स्वास्थ्य चौकीमा डा पंकज कुमार यादव र जगन्नाथ स्वास्थ्यचौकीका लागि डा विपुल कुमार झालाई पठाइएको छ । तीनै जना सरकारको छात्रवृत्ति २ वर्षे करार अन्तर्गत चिकित्सक हुन् ।

प्रतिनिधिसभा निर्वाचनका बेला नेता चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा सहज र गुणस्तरीय स्वास्थ्य सेवाको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका थिए । उनी निर्वाचित भएपछि चौधरी फाउण्डेसनको सहयोग र अन्य राज्यका निकायसँगको समन्वयनमा स्वास्थ्यसंस्थाको स्तरोन्नति र सेवा विस्तारको काम भइरहेको छ ।

स्वास्थ्य मन्त्रालयले तीन जना एमविविएस चिकित्सक पठाउने निर्णयले नवलपरासीका नागरिकले आफ्नै ठाउँमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास लिइएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित