Rashtriya Dainik

सशस्त्र प्रहरी बल गुल्मका डिएसपी थापाको कमान्डमा बिलबिजक भन्दा बढि बोकेको लत्ताकपडा बरामद

असोज २५ बिहिवार

सशस्त्र प्रहरी बल पर्साले बिल बिजक भन्दा बढि बोकेको लत्ताकपडा सहित ट्रक पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौले आईसिपीबाट निस्केका ट्रकमा प्रज्ञापन पत्र भन्दा बढि लत्ताकपडा कपडा नियन्त्रणमा लिएको हो।
बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौका प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदिप थापाको कमाण्डमा वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौ स्थित काठमाडौ तर्फ जाँदै गरेको ना८ ख ३९७८ नम्बरको मालबाहक ट्रकलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा ९८ लाख ३७ हजार ३ सय रुपैया बराबरको प्रज्ञापन पत्रमा उल्लेख रहेको लत्ताकपडा सहित ट्रकलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।
ट्रक र लत्ताकपडा राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित