Rashtriya Dainik

सुस्ता गाउँपालिका अध्यक्षले भने- इजरायलमा पालिकावासी अलपत्र भए सम्पर्क गर्नुहोस्

उमेश बि.क / नवलपरासी , २४ असाेज

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयले ईजरायलमा भएको पछिल्लो घटनाक्रमलाई लिएर सुस्ता गाउँपालिकवासी घरपरिवारका सदस्य इजरायलमा अलपत्र परेको भए सम्पर्क गर्न आग्रह गरेको छ ।

सुस्ता गाउँपालिका अध्यक्ष टेक नरायण उपाध्यायले सूचना जारी गर्दै पालिकावासीलाई यस्तो आग्रह गरेका हुन् ।

अध्यक्ष उपाध्यायद्वारा हस्ताक्षरित जारी गरिएको सूचनामा भनिएको छ– ’इजरायलमा सुस्ता गाउँपालिका अन्तर्गत बसोबास गर्ने कोही व्यक्ति÷घरपरिवारका सदस्य भए इजरायल देशभर कुनै क्षेत्रमा अलपत्र पर्नु भएको भएमा यथाशीघ्र पालिकाको कार्यालयमा जानकारी गराउनुहुन अनुरोध गरिन्छ ।’
साथै पालिकाको कार्यालयले रोजगार संयोजक बुधेश यादव ९८५७०४७६४७ सम्पर्क नम्बर समेत सार्वजनिक गरी सम्पर्क गर्न पालिकावासीलाई आग्रह गरेको छ ।

’जनताको दैलोको सरकार भनेको हामी हौँ र यस विषम परिस्थितिमा इजरायलमा हाम्रो कुनै पालिकावासी÷घरपरिवारका सदस्य अलपत्र पर्नु भएको छ भने, उहाँको उद्दार गर्नु÷गराउनु हाम्रो पनि दायित्व हो’ पालिका अध्यक्ष टेक नरायण उपाध्यायले भने, ’पालिकावासी अलपत्र परेका घरपरिवारका सदस्यलाई कहाँ ? कसलाई ? सम्पर्क गर्ने भन्ने अन्यौलता पनि हुन सक्छ र यसै विषयलाई मध्यनजर गर्दै हामीले सूचना जारी गरेकाे भनी राष्ट्रिय दैनिक डटकमसंग कुराकानी गर्दै भने।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित