Rashtriya Dainik

नवलपरासीमा सशस्त्र प्रहरी तस्कर उम्काउने, नेपाल प्रहरी समाउने

ज्ञानेश्वर सहानी / नवलपरासी , २५ असोज

पश्चिम नवलपरासीको विभिन्न नाकाबाट व्यापाक मात्रामा सामान तस्करी हुन थालेको छ। भारतबाट भन्सार छलेर विभिन्न सामान तस्करी गर्ने क्रम बढेको हो। जसका कारण लाखौं राजश्व चुहावट भइरहेको छ।

तस्करी नियन्त्रणको जिम्मेवारी पाएको सशस्त्र प्रहरीकै मिलेमतोमा तस्करी हुने र नेपाल प्रहरीले तस्कर समाउने खेल चलिरहेको छ।

ईलाका प्रहरी कार्यालय महेशपुरले ११ लाख बराबरको कपडा सरावल गाउँपालिका वडा नम्बर ७ गणेशपुरबाट समातेको छ।

सशस्त्र प्रहरीका प्रमुख भने तस्करी नभएको दाबी गर्दै आएका छन् जबकि मंगलवार मात्र जिल्ला कमान्ड पोस्ट परासीको टोलीले १० लाख बराबरको पटाका नियन्त्रणमा लिएको थियो। भारतबाट महेशपुरको नाका हुँदै अवैध रुपमा भित्रिएको ती पटाकाहरुलाई शसस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिएको पटाका मंगलवार नस्ट गरि गाडीलाई आवश्यक कार्यवाहिको लागि भन्सार कार्यालय पठाएको थियो भने चालकलाई सशस्त्र प्रहरीको पाेसाग लगाई फरार गरेको स्थानीले बताएका छ।

त्यस्तै शनिबार पनि सिमा नाका भएर अवैध रुपमा आउदै गरेको ११ लाख बराबरको चिनि गोबरहिया प्रहरी चाैकीले नियन्त्रणमा लिएको थियो।

यसै गरी १८ गते बिहिबार प्रतापपुर गाउँपालिका बाट डेढ लाख बराबरको चामल ईलाक प्रहरी कार्यालय बेलाटारीले बरामद भएको थियो।

यसै गरी गत हप्ता सरावल गाउँपालिका-६ गुजरटोलमा सवारी चेकजाँच गर्ने क्रममा ना ६ ख ४११६ नम्बरको ट्रकबाट ४६ लाख बराबरको जुता चप्पल ईलाक प्रहरी कार्यालय महेशपुरले बरामद भएको थियो।

यी त केबल उदाहरण मात्र हुन्। सिमा तस्करीकाे अड्डा नै बनिसकेको छ। नवलपरासीको भुजहवा , गेरमी , पाचपेडा, बसहिया, गुठिप्रसाैनी, सनई, रामनगर नाका हुँदै खुलेआम तस्करी भइरहेको छ। पछिल्लो केही दिनदेखि नाकाहरुबाट तस्करी बढेको देखिन्छ।

नेपाल सरकारले आलु र प्याजमा पनि भ्याट लगाएपछि भारतको विभिन्न नाका हुँदै अवैध तस्करीको व्यवसाय फस्टाएको हो। भन्सारमा क्वारेन्टाइन नभए पनि भारतबाट आएको फलफूलको भन्सारसमेत भन्सार कार्यालय राजस्व उठाउने गरेको पाइएको छ। यसले गर्दा पनि तस्करी मौलाउन सहज भएको देखिन्छ।

जिल्लाको विभिन्न नाकाबाट तस्करी अनियन्त्रित रुपमा भइरहेको भए पनि तस्करी रोक्न सीमामा खटिएको सशस्त्र प्रहरी नवलपरासीका प्रमुख भने तस्करी नियन्त्रण गरिरहेको र आरोप लगाइएजस्तो तस्करी नभएको बताउँछन्।

जिल्लामा व्यापक तस्करी भइरहेको विषयमा नवलपरासीका सशस्त्र प्रहरी बल २६ नम्बरका प्रमुख सशस्त्र एसपी धिरेन्द्र न्याैपानेले भने आरोप लगाइएजस्तो तस्करी नभएको दाबी गरेका हुन्।

सशस्त्र एसपी रेग्मीले तस्करी नभएको दाबी गरिरहँदा नाकामा खटिएको सशस्त्र प्रहरीले भने तस्करहरुसँग रकम असुली रहेका अवस्थामा भेटिने स्थानीहरु बताउँछन्।

नवलपरासीको भारत सीमाबाट बिभिन्न समान सशस्त्र प्रहरी कै मिलोमतोमा आउने भने नेपालको विभिन्न समान भारत तर्फ पनि जाने गरेको पाइएको छ। भारतबाट इलेक्ट्रोनिक सामाग्री,लत्ताकपडा,सवारी साधनका पाटपुर्जा,गाई भैंसी ,खसी बोका ,खाद्यान्न सामाग्री ,खुकुराहरु भित्राउने गरेको पाइन्छ । भने कबाडीका समान् भारत तर्फ जाने गरेको पाईन्छ ।

सीमा अपराधलाई नियन्त्रण गर्न मुलुकको अन्तर्राष्ट्रिय सीमानामा सशस्त्र प्रहरी बल तैनाथ गरिएको छ । त्यसका अतिरिक्त नेपाल प्रहरीले चेकजाँच र गस्ती पनि उत्तिकै गर्दै आएको छ । यति हुँदाहुँदै पनि सीमा क्षेत्रबाट दिनरात पिकअप र साना ट्रकमा खुलेआम चोरी तस्करी कार्य भइरहेको दृश्य पनि सर्बजनिक भएको थियोे ।

डिउटीमा सशस्त्र प्रहरी खटिएको भएता पनि उनीहरु केवल तस्करहरुको सुरक्षामा खटिएको जस्तो देखिएका छ। उनीहरुको आँखै अगाडि तस्करी भइरहेता पनि केही पनि सोधपुछ नगरी निर्बाध आवतजावत गर्न दिइएको थियो।

नेपाल र भारतको सिमानाका सशस्त्र प्रहरीकै कारण बदनाम बन्दै गएको छ। सशस्त्र प्रहरीको मिलेमतोमा तस्करी भएर आउँदा नेपाल प्रहरीले तस्करीको सामान नियन्त्रणमा लिने गरेकोबाट पनि तस्करी व्यापक मात्रामा फस्टाएको पुष्टि हुन्छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित