Rashtriya Dainik

कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीकाे लगानी बालुवामा पानी

राष्ट्रिय दैनिक / नवलपरासी ,२५ असाेज

सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरे पनि लगानीको आधारमा प्रतिफल निकै कमजोर देखिएको छ ।

पछिल्लो एक दशकमा कृषिमा लगानी नौ गुनाले बढेको छ तर उत्पादन वृद्धिदर भने जस्ताको तस्तै छ । कृषिले मुलुकको अर्थतन्त्रमा पुर्‍याएको योगदान पनि निरन्तर ओरालो लागेको छ। यसले कृषि क्षेत्रमा गरिएको लगानी ’बालुवामा पानी’ खनाए जस्तै देखिइएको छ ।

कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीमा बर्षेनी करोडौ रकम खार्चिय पनि खार्चको अनपातमा किसानलाई उपल्बधी भने शुन्य देखिएको छ । कृषि ज्ञान केन्द्रले कुन योजनमा बढी मात्रमा यान्त्रिकरण खरिद र झारो टर्ने कार्य हुने कार्यक्रम लाई बढि प्रथामिकतामा राखेको देखिन्छ । जस्तै सिचाँई कार्यक्रम , र झारो टार्ने काम कमिशन बढि हुने कार्यक्रमा ध्यान गएको देखिएको छ ।

अधिल्लो आ.ब. ०७९/०८० को अधिकांश योजन भवन निर्माण , गेट निर्माण , कार्यलयमा बोरिंग सन्चालन जस्ता कार्यक्रम फ्रिज भएको छ । यस्ता कार्यक्रम टेण्डर गर्नु पर्ने र झण्झटिलो भएकोले कमिशन नहुने हुनले उतm कार्यक्रमहरु फ्रिज भएको हो । भने सबै भन्दा बढि सिचाँई कार्यक्रम , यान्त्रिकरण खरिद हुने कार्यक्रम , बलक कार्यक्रम ,स्मार्ट कृषि, माटो ब्यावस्थापनमा बढि चासो दिइएको देखिन्छ ।

मोटो व्यवस्थापनको कार्यक्रम झारो टर्ने कार्य आ.ब. ०७९/०८० माटो व्यावस्थापन कार्यक्रम भनेर कृषि ज्ञान केन्द्र परासीको लागी लुम्बिनी प्रदेश सरकारले ३० लाख रकम बिनियोजन भयो उतm कार्यक्रममा २ सय ६६ हेक्टरको लागी ८० कुईण्टल डैचा बितरण ,८ वडामा तालिम समेत गरियो तर डैचा कस्तो किसिमले बितारण भयो नवलपरासीको किसान लाई थाहै भएन भने ९सय ५८ सेम्पल मोटो परिक्षण भयो तर परिक्षणको रिजल्ट के आयो कृषिकलाई थाहै छैन ।

यो हर्दा झारो टर्ने कार्य हुने कार्यक्रम देखिएको छ । यो बिषयमा कुरा गर्दा मोटो व्यावस्थान कार्यक्रमा फोकल प्रसन कृषि प्रसार अधिकृत मनिषा पौडेलले कार्यक्रम राम्रै सगं सम्पन्न भयो किसान सन्तुष्ट छान बताईन । तर सोही कार्यक्रममा गड्यौल मल प्रबिधिक पुस्तिका कार्यलयमै थानकेको अवस्था छ । उतm पुस्तिका कृषकको हात हातमा पुग्नुको साटो कार्यलयमै थानकिनुको अर्थ के होला ? कसरी बुझाने कार्यक्रम सफल भयो भनेर ? यो हर्दा कृषकहरुलाई कृषि सम्बन्धि ज्ञान वितरण तथा कृषि सम्बन्धि नयाँ खोज अनुसंधान गर्ने उदेश्यले लुम्बिनी प्रदेश सरकारले स्थापना गरेको कृषि ज्ञान केन्द्र अनुदान वितरण कार्यमा ब्यस्त हुदा अनुदान केन्द्र जस्तो भएको छ ।

कार्यालयको उदेश्य र अहिले गरिदै आएको कार्य शैलि नमिलेको अनुभुति ज्ञान केन्द्रका कर्मचारीले नै महशुस गर्दै ज्ञान केन्द्रले ज्ञानको कुरा छाडेर अनुदान वितरण गर्ने केन्द्र बनेको महशुस गर्न थालेका हुन् ।

त्यस्तै स्थानीय तहसँग समन्वय सहकार्य नगरेको गुनासो आएको छ । ज्ञान केन्द्रले सञ्चालन गर्ने योजनामा स्थानीय तहसँग समन्वय नहुँदा पालिकाले सञ्चालन गरेका योजनासँग जुध्ने र कार्यक्रमहरु पनि प्रभावकारी नहुने गरेको स्थानीय तहहरुको दाबी छ ।

कृषि ज्ञान केन्द्रले स्थानीय तहका प्राविधिकहरुसँग कृषि ज्ञान केन्द्रले समन्वय नगरेको गुनासो गरेका छन् । बर्दघाट नगरपालिकाका कृषि प्राविधिक खुमकान्त न्यौपानेले कृषि ज्ञान केन्द्रले स्थानीय पालिकासँग समन्वय नगरि आफूखुशी योजना सञ्चालन गरेको बताउनुभयो ।

“हामीले कुनै पनि योजना सञ्चालन गर्दा वडाको सिफारिस माग्छौँ, किनकी त्यहाँको वस्तुस्थिति हामीलाई भन्दा वडालाई थाहा हुन्छ, त्यस्तै कृषि ज्ञान केन्द्र हाम्रो अभिभावक हुनुपर्छ, स्थानीय तहसँग समन्वय नगरि आफूखुशी योजना सञ्चालन गर्ने हो भने स्थानीय तहले पनि ज्ञान केन्द्रलाई के को लागि जानकारी गराउने ?” उहाँले भन्नुभयो ।

स्थानीय तहले कृषि क्षेत्रमा देखिएका समस्याहरुको समाधानका लागि समन्वय गर्न खोज्दा पनि वेवास्ता गर्ने गरिएको उहाँको गुनासो छ । ज्ञान केन्द्रले सञ्चालन गरेका कार्यक्रमबाट किसान पनि निरुत्साहित रहेको न्यौपानेले जिकिर गर्नुभयो ।

सरावल गाउँपालिकाका कृषि शाखा प्रमुख कुलदीप मिश्राले पनि कृषि ज्ञान केन्द्रले कुनै पनि योजनामा सहकार्य नगरेको गुनासो गर्नुभयो । ज्ञान केन्द्रले आफ्नै खुशीले कार्यक्रम सञ्चालन गर्दा पालिकाका कार्यक्रमसँग जुध्ने, एउटै किसानले दोहोरो सुविधा पाउने, कसैले केही पनि नपाउने जस्ता समस्या भोग्नुपरेको उहाँले बताउनुभयो ।

कृषि प्राविधिकहरुले स्थानीय तह र कृषि ज्ञान केन्द्रको तथ्यांकमा पनि एकरुपता नहुने गरेको बताएका थिए । कृषि ज्ञान केन्द्रका प्रमुख डा.रविन्द्रनाथ चौवेले आफू हालै मात्र कार्यालय प्रमुख भएर आएको र स्थानीय तहसँग समन्वय गर्दै जाने बताउनुभयो । यसअघि आफू कपिलवस्तुमा रहँदा स्थानीय तहसँग राम्रो समन्वय रहेको बताउँदै उहाँले नवलपरासीमा पनि समन्वय सहकार्य गरेरै अघि बढ्ने बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)ले सातै वटै पालिका र कृषि ज्ञान केन्द्रको कार्यत्रम मिलाउँदा वार्षिक झण्डै १५ करोड रुपैँया कृषिमा खर्च हुने गरेको देखिएपनि लगानी अनुसारको नतिजा भने नदेखिएको राज्यले गरेको लगानी अनुसारको उत्पादनले जिल्लामा तरकारी तथा खाद्यन्नबाली पर्याप्त पुग्नुपर्ने हो तर कृषिका हरेक कार्यक्रममा सिन्डिकेट छ, कृषि उपकरण वितरण गर्ने नाममा वास्तविक कृषक भन्दा नक्कली कृषकलाई पाल्ने काम गरिएको छ, हामी सबै मिलेर यसलाई सुधार गर्नु आवश्यक छ ।

कृषि ज्ञान केन्द्रले समन्वय र अनुगमन प्रभावकारी बनाउन नसकेको गुनासोप्रति गम्भीर बन्न र आगामी दिनमा सुधार गरेर अघि बढ्न प्रमुख यादवले जोड दिनुभयो छ । अनुदाको कृषि उपकरण बिग्रेको ।
कृषि ज्ञान केन्द्र परासी र रामग्राम नगरपालिका द्धारा ५० प्रतिशतको अनुदानमा बितारण गरिएको कृषि उपकरण बिग्रिएको पाइएको छ । रामग्राम १४ स्थित मान्यताप्राप्त जय गुरुदेव ९ ओटा पम्पसेट र संकटमोचन कृषि सहकारी संस्थाले ५० प्रतिशत अनुदानमा ४ महिना अघि १३ ओटा पम्पसेट खरिद गरेका अधिकांश पम्पसेट बिग्रेको छ  ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित