Rashtriya Dainik

नक्कली नोट सहित दुई व्यक्ति प्रहरीकाे नियन्त्रणमा

आरपि उपाध्याय / नवलपरासी ,२४ असाेज

पश्चिम नवलपरासीको बर्दघाट बजारबाट प्रहरीले नक्कली नोट सहित दुई व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

बर्दघाट नगरपालिका ४ बर्दघाट बजार स्थित विनय होटल रेष्टुरेन्टको कोठा न.३ मा खानतलासी गर्दा नक्कली नोट बनाउन प्रयोग हुने सामाग्री सहित दुई व्यक्तिलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ब.स.प. का सुचना अधिकारी डिएसपी रेशम बोहराले जानकारी दिनुभएको छ।

जिल्ला प्रहरी कार्यालय ब.स.प.का प्रहरी निरीक्षक सुदर्शन पन्थीको कमान्डमा गएको प्रहरी टोलीले होटल खानतलासी गर्दा जिल्ला तनहुँ रिसिङ गाउँपालिका ३ दानश्री बस्ने वर्ष २५ को सुरज बि.क. र बुलिङ्टार गाउँपालिका ६ टिमुरे बस्ने वर्ष ३० को कृष्ण बहादुर बि.क. लाई चेकजाँच गर्दा नक्कली नोट बनाउन प्रयोग हुने सामाग्री बरामद भएको प्रहरीले बताएको छ।

बर्दघाट बजारमा नक्कली नोट बनाउने कार्यमा संलग्न केही व्यक्तिको चलखेल भएको संकेत प्रहरीले प्राप्त गरेपछि प्रहरीको गोप्य सुराकी र अनुसन्धान पश्चात् दुई अभियुक्त सहित नक्कली नोट छाप्न प्रयोग हुने सामाग्री सहित व्यक्ति प्रहरीको नियन्त्रणमा आएको हो।
प्रहरीले बरामद गरेको सामाग्रीहरुमा १ हजारको दरले २,४७,०५७ थान ६७ र ०,६४,७९४ को थान ७२ गरि जम्मा १३९ थान, कमल स्ट्याम १ थान, सिड्नी स्टिकर टप ६ थान, गान्धी स्ट्याम १ थान ,लालिगुरास स्ट्याम १ थान लगायत सामाग्री बरामद गरिएको छ।

पश्चिम नवलपरासीले नक्कली नोटको कारोबार गर्ने व्यक्ति र सामाग्री बरामद गरे पनि मुख्य नाइके अझैपनी नभेटिएकोमा खोजतलास र अनुसन्धान कार्य जारी रहेको प्रहरीले बताएको छ।
नक्कली नोट छाप्ने गिरोहका नाइके अन्य जिल्लामा भएको गोप्य जानकारीको आधारमा ती नाइकेलाई कानुनको दायरामा ल्याउन प्रहरी कृयाशिल अवस्थामा रहेको पनि प्रहरी श्रोतले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित