Rashtriya Dainik

खजुरा पुल निर्माणमा नगरको तदारुकता

राष्ट्रिय दैनिक /नवलपरासी ,२४ असाेज

पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ५ र १६ जोड्ने खजुरा खोला पुल झन्डै १० करोडको लागतमा निर्माण हुने भनिएको पुल हाल निर्माणको काम सुरु भएको छ।

लामो समयसम्म ठेकेदारले काम नगरेपछि बर्दघाट नगरपालिकाको पटक पटकको ताकेता सगै जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा काम गर्ने प्रतिबद्धता सहित ठेकेदारले पुल निर्माणको काम सुरु गरेको हो ।

नगरप्रमुख शम्भुलाल श्रेष्ठले आज पुल निर्माण कार्यको स्थलगत अनुगमन गरि हरहालतमा समयमै काम सम्पन्न गर्न ठेकेदार पक्षलाई अनुरोध गर्नु भएको छ ।
समयमै पुल निर्माण सम्पन्न गर्न सहजीकरणको पाटोमा नगरपालिकाले पुर्ण रुपमा सहयोग गर्ने बताउदै नगरप्रमुख श्रेष्ठले निर्माण सगै गुणस्तरमा पनि ख्याल गर्न आग्रह गर्नु भएको छ ।

पुल नहुदा बर्षायाममा खोला तर्न कठिन भए सगै बिकल्पको रुपमा लामोदुरीको बाटो प्रयोग गर्नु पर्ने अवस्था रहेको छ।विद्यालय आउ जाउ गर्ने विद्यार्थीहरुका लागि समेत जोखिमपुर्ण रुपमा खोला तर्नु पर्ने बाध्यता छ।

बर्दघाटको बाढीपिडित हुँदै निस्किने यो सडकले बर्दघाट मात्र नभएर छिमेकी सुस्ता र प्रतापपुरका गाउँपाकिकाका नागरिकहरुका लागि पनि छोटो दुरी पर्ने छ भने नेपालको पर्यटकीय एवम धार्मिक स्थल तृबेणी धाम पुग्ने आम पर्यटकहरुका लागि पनि पुल बने सगै यो सडक बहुउपयोगी हुने छ।

श्री मृत संजिवनी निर्माण सेवा प्रालि कलंकि काठमाडौंले पुल निर्माणको जिम्मा लिएको छ भने कुल ९ करोड ७७ लाखमा पुल निर्माणको सम्झौता भएको छ भने पुन:म्याद थपको प्रक्रिया अघि बढेको ठेकेदार पक्षले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित