Rashtriya Dainik

मुस्ताङमा अबैध गांजाको फंडानी

मुस्ताङ,२३ असोज ।

मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वार्ड नं ५ टिटी रहेको अवैध गाँजाको बोटहरु फंडानी गरिएको छ।

हिजो जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक मिलन बहादुर बि.क.को कमाण्डमा जिल्ला प्रहरी कार्यालय मुस्ताङ मातहत रहेको ईलाका प्रहरी कार्यालय लेते र प्रहरी चौकी कोवाङ गरी १६ जना प्रहरी टोलीले अवैध गाँजा फडानी गरेको छ।

जिल्ला मुस्ताङ थासाङ गाउँपालिका वडा नं. ५ टिटि गाउँमा स्थित स्थानीय मानिसहरुको खाली जग्गा र टिटि ताल वरपर रहेको सार्वजनिक स्थान गरि लगभग १३ रोपनी क्षेत्रफलमा प्राकृतिक रुपमा उम्रिएको अन्दाजी १५ हजार अबैध गाँजाको बोट फडानी गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित