राजन कुमार बानिया /पर्सा, २३ असोज
पर्साको धोबीनी गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी पर्सा बिच गाउँपालिका बासीहरुलाई निःशुल्क रगत उपलब्ध गराउने बिषयमा सम्झौता भएको छ ।
मंगलबार गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहान र नेपाल रेडक्रस सोसाइटी पर्सा सभापती बिरेन्द्रराज कडेल बिच समझौता पत्रमा हस्ताक्षर गरिएको छ।
धोबिनी गाउँपालिकामा रक्तको कमी भएको हुदाँ अस्पतालमा उपचार गराउन आउने विरामीहरुलाई रगतको समस्याले कठिनाई नहोस भन्ने उदेश्यले धोबीनी गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी पर्सा बिच गाउँपालिका बासीहरुलाई निःशुल्क रगत उपलब्ध गराउने बिषयमा सम्झौता गरिएको गाउँपलिका अध्यक्ष मदन प्रसाद चौहानले जनाएका छन।
कार्यक्रममा गाउँपालिकाको तर्फ बाट उपाध्यक्ष प्रतिनिधि श्यामकिसोर पटेल, प्रदिप पटेल,नेपाल रेडक्रस सोसाइटी पर्साका शलेन्द्र चौरसिया,महन्थ प्रसाद यादव,बिरसमशेर प्रसाद कुर्मी ,लगायतको सहभागिता रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

