Rashtriya Dainik

सशस्त्र प्रहरी बलद्वारा ठूलो परिमाणमा विष्फोटक सामाग्री बरामद

आरपि उपाध्याय / नवलपरासी ,१२ असाेज

पश्चिम नवलपरासी रामग्राम नगरपालिका १२ बाट सशस्त्र प्रहरी बलले ठूलो परिमाणमा विष्फोटक सामाग्री बरामद गरेको छ।

नगरपालिका अन्तर्गत कुनवारदेखी भुमही,हरकट्टा जाने बाटोमा गाडीमा लोड गरि विष्फोटक पदार्थ लैजादै गरेको अवस्थामा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल २६ न. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक धिरेन्द्रराज न्यौपानेले जानकारी दिनुभएको छ।

बा ०३ प्रदेश ००१ च ११३८ नम्बरको योदा गाडीमा विष्फोटक सामाग्री पटाका लोड गरि लैजादै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस नेपालबाट स.प्र.निरीक्षक केशवराज भट्टराईको कमान्डमा गएको टोलीले बरामद गरेको हो।

सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको गाडी चालक पाल्हिनन्दन गा.पा. वर्ष २० को सुनिल गुप्ता सहित विष्फोटक पदार्थ कार्टुन ९, बोरा ७ लाई नियन्त्रणमा लिएको बताइएको छ।

सशस्त्र प्रहरी बलद्वारा नियन्त्रणमा लिइएको विष्फोटक पदार्थ पटाकालाई सि.डि.ओ. कार्यालयका प्रतिनिधि महेशपुर भन्सारका प्रमुख, वाणिज्य संघका प्रतिनिधि र सञ्चारकर्मीहरुको संयुक्त रोहबरमा नष्ट पारिएको थियो।

सवारी साधनलाई महेशपुर भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडी बढाइएको जानकारीमा आएको छ।

बरामद गरिएको पटाकाको मूल्य रु. ९ लाख ५० हजार र सवारीसाधनको मूल्य रु.१४ लाख गरि कुल २३ लाख ५० हजार रहेको छ।

चाडपर्वलाई लक्षित गरि भित्राइएको विष्फोटक पदार्थलाई सशस्त्र प्रहरी बलको सुक्ष्म निगरानीबाट बरामद गरिएको श्रोतले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित