आरपि उपाध्याय / नवलपरासी ,२३ असाेज
नेपाल ट्रेड युनियन काङ्ग्रेस जिल्ला कार्यसमिति पश्चिम् नवलपरासीको आयोजनामा अनौपचारिक बाल शिक्षाका बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहित झोला बितरण कार्य प्रतापपुर १ भिठ्ठामा सम्पन्न भएको छ ।
नेपाल ट्रेड युनियन काङ्ग्रेस पश्चिम नवलपरासीका अध्यक्ष ज्ञानहरि अर्यालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथी समेत रहनु भएका प्रतापपुर गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले सेवा भावले संचालन भएका अनौपचारिक शिक्षाको माध्यम बाट शिक्षाको ज्योती ग्रामिण भेगमा पुर्याउन सकिने धारणा राख्दै जिर्ण भएको अनौपचारिक शिक्षा केन्द्र भिठ्ठाको भवनलाई मर्मत गर्न गाउपालिकाले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

कार्यक्रममा अनौपचारिक बाल शिक्षा केन्द्र ब्यवस्थापन समितीका अध्यक्ष नाथुराम क्षेत्री , नेपाल ट्रेड युनियन काङ्ग्रेस प्रदेश सहसचिव सदानन्द प्रसाद गुप्ता, प्रतापपुर गाउपालिका वार्ड न १ का वार्ड अध्यक्ष महेन्द्र बहादुर चौधरी लगायतले अनौपचारिक बाल शिक्षा केन्द्र ले खेलेको भुमिका र चुनौती बारे आफ्नो धारणा राख्नु भएको थियो । अनौपचारिक बाल शिक्षा प्रतापपुर १ भिट्ठामा अध्यनरत ४४ बालबालिका हरुलाई शैक्षिक सामाग्री सहित झोला वितरण गरिएको कार्यक्रम संचालक धर्मदत्त चापागाईंले जानकारी दिनुभएको छ ।
शिक्षाबाट बन्चित मजदुर वर्गका बालबालिका लाई अनौपचारिक शिक्षा प्रदानगरि पछि सामुदायिक बिद्यालयमा औपचारिक शिक्षाका लागि पढाइने पनि आयोजकले जानकारी दिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

