राष्ट्रिय दैनिक / नवलपरासी , २२ असाेज
इजरायलमा हमास समूहको आक्रमणमा परेर १० जना नेपालीको मृत्यु पुष्टि भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
इजरायलबाट स्वदेश फर्कन ईच्छुक नेपाली नागरिकहरुको विवरण संकलनको लागि परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल सरकारको समन्वयमा अनलाइन रजिस्ट्रेशनको तयारी भईरहेको पनि छ।

यस कठिन परिस्थितिमा इजरायलमा रहेका सरावल गाउँपालिकाका कुनै पनि नागरिक रहेको खण्डमा पालिकाकाे सम्पर्कमा आउन पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले सुचना निकाल्दै अनुरोध गर्नुभएको छ ।
सुचनामा लेखिएको छ असाेज २० गते शनिवार प्यालेस्टाईन लडाकु समूह हमासको आक्रमणमा परि इजरायलमा १० जना नेपालीको मृत्यु भएको हुँदा यस सरावल गाउँपालिका अन्तर्गतका कुनै घरपरिवारका व्यक्तिहरु इजरायलमा हुनुहुन्छ भने यथाशिघ्र छिटो भन्दा छिटो यस सरावल गाउँपालिकाको कार्यालय जानकारी गराउनुहुन सबैमा अनुरोध गरिन्छ ।
पालिका अध्यक्ष चाैधरीले रोजगार संयोजक नेत्र नारायण भण्डारीलाई ९८५१२२९६९९ नम्बरमा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

