काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालोमोसो दलिएको छ ।
सोमबार काठमाडौंस्थित एलोप्यागोडा होटलमा केही युवाले प्रसाईंमाथि कालोमोसो दलेका हुन् ।
बैंकको ऋण नतिर्ने, बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने र राजतन्त्रको वकालत गरेको भन्दै गणतन्त्रवादी युवा दर्ताले प्रसाईंलाई कालोमोसो दलेका हुन् ।
सोमबार उक्त होटलमा प्रसाईंले पत्रकार सम्मेलनको आयोजना गरेका थिए । त्यहाँ जाने क्रममा उनीमाथि कालोमोसो दलिएको हो । कालोमोसो दलिएपछि प्रसाईं सर्ट खोलेर भित्रिवस्त्रमा अनुहार छोप्दै होटलभित्र प्रवेश गरेका थिए ।
प्रसाईंले पछिल्लो समय मरवाडी समुदायविरुद्ध उग्र अभिव्यक्ति दिँदै आएका थिए ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका नामबाट विज्ञप्ति जारी गरि उनले मारवाडी समुदायलाई लाञ्छित गरेपछि मारवाडी समुदायले आपत्ति जनाएको थियो ।
वीरगन्ज महानगरपालिका, विराटनगर महानगर मारवाडी समुदाय लक्षित दुर्गा प्रसाईंको अभिव्यक्ति खेदजनक भन्दै आपत्ति जनाएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

