उमेश बि.क / नवलपरासीको ,२२ असाेज
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा अलपत्र परेका एक भारतीय बालकलाई उद्धार गरी भारत फर्काइएको छ ।
लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जैसवालको समन्वयमा ती बालकलाई उद्धार गरी भारत फर्काइएको हो ।
उद्धार गरिएका ती बालक भारतको राजधानी डिल्लीमा रहेको सोसाइटी डेभलप्मेण्ट अफ यूथ संस्थाका करिब १५ वर्षको मुस्ताक खान रहेको प्रदेशसभा सदस्य जैसवालले बताउनु भएको हाे।

प्रदेशसभा सदस्य जैसवालका अनुसार उक्त बालक रामग्राम नगरपालिका नजिक फेला परेको हाे। फेला पर्नसाथ बालकलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीकाे समन्वयमा सोधपुछ गर्दा उक्त बालक सुस्त मनस्थिति भएकोले बालकको हातमा लेखिएको नाम र नम्बर कै आधारमा बालक बस्ने संस्थाकाे नाम फेला परेको हाे।

बालकको हातमा लेखिएको संस्थाको नाम र नम्बरमा सम्पर्क पश्चात् भारतको महाराजगञ्जका डि.एम संग समन्वय गरी बालकको उद्धार गरिएको हो ।

प्रदेशसभा सदस्य जैसवालका स्वकीय सचिव ईमामुल अलिले सुनौली देखि दिल्ली सम्म जानका लागि बसकाे टिकट कटाई बसमा बसाली जाने प्रबन्ध मिलाई संस्थालाई समेत जानकारी गराउनुभएको थियो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

