Rashtriya Dainik

नारायणी गण्डकी साधारण संस्कृत मा.वि.त्रिवेणीमा स्कुल बस हस्तान्तरण

आरपि उपाध्याय / नवलपरासी ,२२ असाेज

पुर्वी नवलपरासी विनयी त्रिवेणी ६ अन्तर्गत रहेको नारायणी गण्डकी साधारण संस्कृत मा.वि.त्रिवेणीमा स्कुल बस हस्तान्तरण गरिएको छ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय,विनयी त्रिवेणी गाउँपालिका र नारायणी गण्डकी सा. तथा सं. मा.वि. त्रिवेणी धामको साझेदारीमा बस खरिद गरि हस्तान्तरण गरिएको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिरञ्जीवी ढुंगानाको अध्यक्षता तथा विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।
सो अवसरमा पालिका अध्यक्ष गिरीले शिक्षामा सुधार भए मात्र राष्ट्र सुधृने हुँदा विकासका सबै ढोका खोल्नका लगि गुणस्तरीय शिक्षा लागू गर्न सबै पक्ष कृयाशिल हुनुपर्ने बताउदै इच्छाशक्ति बलियो बनाएर अगाडी बढिएमा गन्तव्यमा पुग्न सकिने धारणा राख्नुभयो।
अध्यक्ष गिरीले निर्वाचनको समयमा राजनीति दलको रुपमा उभिएर कार्य गरेता पनि निर्वाचन पछि सबैको साझा व्यक्तिको रुपमा भेदभावरहित ढङ्गबाट सबै पक्षलाई संरक्षण गर्दै नेतृत्वदायी भुमिका निर्वाह गरेको जिकिर गर्नुभयो।
कार्यक्रममा गजेन्द्र मोक्ष धाम क्षेत्र विकासका अध्यक्ष एवं करपात्री स्वामी कृष्ण प्रपन्नाचार्यले असल शिक्षाबाटै असल व्यक्तिको निर्माण हुने हुँदा वर्तमान शिक्षा पनि संस्कृती र संस्कारको रक्षाको लागि हुनुपर्ने धारणा राख्नुभयो।
गण्डकी प्रदेश सरकारबाट रु.१० लाख र विनयी त्रिवेणी गाउँपालिका बाट रु.२० लाख गरि कुल रु.३० लाखको लागतमा विद्यालयले खरिद गरेको बस सेवाबाट करिब १२ किलोमिटरको दुरीमा रहेका विद्यालय सेवा क्षेत्रका बालबालिकालाई मा.वि. मा अध्यापन गराइएको बताइएको थियो।
२०२२ सालमा स्थापना भएको विद्यालयमा २०७२ सालदेखि अङ्ग्रेजी माध्यमबाट अध्यापन कार्य भैरहेको प्र.अ. दिनेश कुमार पाण्डेले जानकारी दिदै विद्यालयको शैक्षिक र आर्थिक गतिविधि बारे प्रगती विवरण प्रस्तुत गर्नुभयो।

बस हस्तान्तरण कार्यक्रममा वडा न.६ का वडाध्यक्ष नुरेन्द्र शाह,वडा सदस्य विष्णुप्रसाद चौलागाईं,शिक्षिका उपमा ज्ञावाली,समाजसेवी शालिकराम तिमिल्सिना,विद्यार्थीहरु रचना भट्टराई र सीता कुशवाह लगायतले शिक्षा सुधार र विद्यालयको गतिविधि बारे प्रकाश पार्नुभएको थियो।


सोही कार्यक्रममा ३५ वर्षसम्म शिक्षण पेसामा कृयाशिल रहि हालैमात्र सेवा निवृत्त हुनुभएका शिक्षक केशव भण्डारीलाई विदाइ गरिएको कार्यक्रम सञ्चालक शिक्षक शिवप्रसाद बस्यालले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित