Rashtriya Dainik

विन्दवासिनी गाउँपालिकामा विद्यार्थी र प्रहरीबिच झडप, आधा दर्जन विद्यार्थी घाइते

पर्सा ,२१ असोज

पर्साको विन्दवासिनी गाउँपालिकामा शिक्षक सरुवाविरुद्ध आन्दोलन गर्न सडकमा उत्रेका विद्यार्थी र प्रहरीबिच झडप हुँदा आधा दर्जन विद्यार्थी घाइते भएका छन् ।

विन्दवासिनी गाउँपालिका – २ बहुअर्वा भट्ठास्थित श्री राधाकृष्ण चौरसिया माध्यमिक विद्यालयको स्वास्थ्य तथा विज्ञान विषयका शिक्षकको सुरवा लगायत पठनपाठनको विषयलाई लिएर विरोधमा उत्रेका विद्यार्थी र प्रहरीबिच झडप हुँदा आधा दर्जन विद्यार्थी घाइते भएका हुन् ।

घाइते भएका विद्यार्थीमध्ये दुई जनाको टाउको चोटपटक लागेको छ भने अन्यलाई सामान्य चोटपटक लागेको प्रहरीले जनाएको छ ।
सरुवा गरिएका शिक्षकलाई पुन: फिर्ता बोलाउनु पर्ने मागसहित कक्षा ९ देखि १२ सम्मका विद्यार्थी विद्यालय घेराउ गर्न गएका थिए । सोही क्रममा प्रहरीले हस्तक्षेप गरेपछि झडप हुँदा विद्यार्थीहरू घाइते भएको बुझिएको छ ।
घाइते हुनेमा कृष्ण मुखिया, विशाल कुमार यादव, अरविन्द पटेल, नीरज यादव, खेम बहादुर गोढ र अनुराग कुमार यादव रहेका छन् ।
प्रदर्शनको क्रममा भएको झडपमा प्रहरीको लाठीचार्जबाट केही विद्यार्थी घाइते भएका इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक मोहन विक्रम केसीले जानकारी दिए।
केही घन्टादेखि विद्यार्थीले प्रदर्शन गरिरहेकाले उनीहरूलाई हटाएर वार्तामा बसाउने काम भइरहेको उनले बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित