उमेश बि.क / नवलपरासी, २१ असोज
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर १ भगडामा ९ औं जितिया मेला महोत्सव एव जितिया विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
९ औं जितिया मेला महोत्सव समितिको अयोजना तथा सरावल गाउँपालिकाको सहयोगमा समितिको अध्यक्ष पिताम्बर चौधरीको अध्यक्षता एवम् पालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख आतिथ्यता महोत्सव सम्पन्न भएको हाे।

जितिया महाेत्सवलाई सम्बोधन गर्दै पालिका अध्यक्ष चौधरीले कला संस्कृति बिकासको लागि आफु तत्परता जनाउने बताउनु भएको हो । पर्यटन प्रबद्धनमा पालिकाबाट विशेष सहयोग साथ दिई रहने बताउदै जितिया पर्व थारु जातीको विशेष पर्व रहेको र हाल आएर विभिन्न जातजातिले आ आफ्नो ढंगले मनाइरहेको बताउदै यस्ता कार्यक्रमले जातीय कला संस्कृति र भेषभुषा संरक्षणमा विशेष महत्त्व बोकेको बताउनुभयो । यस्ता कला संस्कृति संरक्षण र प्रवद्धनमा आफुले पालिकाबाट सहयोग गर्ने प्रतिबद्धता सहित जितिया पर्वको सम्पूर्णमा शुभकामना व्यक्त गर्नुभएको थियो ।

त्यस्तै उपाध्यक्ष बासमति हरिजनले तराईबासीहरुको सँस्कार प्रति चासो दिँदै जितिया पर्व एकता र संस्कृतिका लागि महत्वपूर्ण रहेको बताउनुभयो । आफ्नो भेषभूषा, भाषा, संस्कृति र रहनसहनलाई संरक्षण गर्दै जानुपर्ने बताउनुभयो ।

कार्यक्रममा वडा नम्बर १ वडा अध्यक्ष बिष्णु भट्टराई, वडा नम्बर ३ का वडा अध्यक्ष फिरंगी चाैधरी ,सरावल गाउँपालिकाका लेखापाल नरेश काेहार लगाएतले जितिया पर्वको महत्त्वबारे विचार राख्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा थारु भाषा, कला संस्कृति, भेषभुषा र रितिरिवाज झल्किने झमटा नाथ, लाठि नाच, झुमरा नाच लगाएतको विभिन्न सांस्कृतिक पहिचान झल्काउने जातिय भेषभूषाका साथमा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

आशा देवि चाैधरीको स्वागत मन्तब्यबाट सुरुवात भएको कार्यक्रमको सन्चालन इन्द्र चौधरी र सन्जना चाैधरीले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

