तुलसी राम पौडेल / सियारी,पौष २५ रुपन्देहीको सियारी गाउपालिका -३ हर्नैया स्थित पुरानो गाउपालिक कार्यालय रहेकोे स्थानमा शुक्रबार नागरिक आरोग्यकेन्द्र स्थापना भएको छ।नेपाल सरकारको मातहत लुम्बिनी आयुर्वेद चिकित्सालय र सियारी गाउपालिकाको समन्वयमा नागरिक आरोग्य सेवा केन्द्रको स्थापना भएको हो । आइतबारदेखि सो आरोग्य सेवा केन्द्रबाट आयुर्वेद पद्धतिबाट विरामिको रोग परिक्षण ,उपचार गरिनेछ । हाडजोर्नी नसा सम्बन्धि थेरोपी, ६५ बर्समाथिका जेष्ठ नागरिकलाई विशेष औषधि , सुत्केरी भएको दूध न आउने आमाको लागि आमा बच्चा दुबैको लागि आयुर्वेद औषधि प्रदान गरिनेछ। रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिन योग ,प्राणायम एव आयुर्वेद सम्बन्धि सचेतनाको लागि विद्यालय स्वास्थ्य कार्यक्रम समेत गरिनेछ । सियारि गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुले नागरिक आरोग्य सेवा केन्द्रको व्यानर पढेर उदघाट्न गर्नु भयो।सो अवसरमा बोल्दै उहाले मानिसको सबैभन्दा ठूलो स्वास्थ्य नै भएकोले सियारी गाउपालिकाले नागरिकको स्वास्थ्य सेवालाई प्राथमिकता दिइएको बताउनु भयो।स्वस्थ बच्चा जन्माउन गर्भवती दिदिबहिनीहरुको स्वास्थ्य सेवाको गाउपालिकाले जगत जननी आमा कार्यक्रम ल्याएको बताउनु भयो। साथै यस नागरिक आरोग्य सेवाकेन्द्रको लागि आवश्यक उपकरण ,औषधि लगायतका सामानहरुको लागि गाउपालिकाबाट सहयोग हुने बताउनु भयो । लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय महाशाखा प्रमुख डा. पुस्पराज पौडेलले मानिसहरूको स्वास्थ्य जिवनशैलिमा परिवर्तन गर्नको लागि यस आरोग्य सेवाकेन्द्रको भुमिका रहने बताउनु भयो ।सियारी गाउपालिका उपाध्यक्ष अमृता गुरुङले यस आरोग्य केन्द्रबाट आयुर्वेद सम्बन्धि सचेतना जगाइ ,जडिबुटी ,योग सम्बन्धि जानकारी गराइ नागरिकलाइ स्वस्थ्य रहने बाताबरण निर्माण गर्न भुमिका रहनेमा आफू ढुक्क रहेको बताउनु भयो । लुम्बिनी आयुर्वेद चिकित्सालयका प्रमुख नलिन्द्र तिवारिले सियारी गाउपालिकाको स्वास्थ्यप्रतिको लगावले नै नागरिक आरोग्य सेवा केन्द्र स्थापना भएको बताउनु भयो। गाउपालिकाको सहकार्यमा आरोग्यकेन्द्र अगाडि बढ्ने बताउनु भयो ।सियारी गाउपालिका वडा नम्बर ६ का वडा अध्यक्ष शेर बहादुर गुरुङले सियारी गाउपालिकाका जनता निरोगी रहन आरोग्य केन्द्रको भुमिका रहने बताउनु भयो। लुम्बिनी आयुर्वेद वरिष्ठ कविराज नरहरी अर्यालले आरोग्य सेवा केन्द्रको वारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा सियारी गाउपालिका प्रमुख प्रशासकीय अधिकृत मिनप्रसाद भट्टराई ,गाउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष घिसन अहिर ,वडा नम्बर ४ का ,वडा अध्यक्ष श्रीप्रसाद श्रेष्ठ ,वाड नम्बर ५ का वडा अध्यक्ष थम्मन बहादुर पौडेल लगायत वाड सदस्यहरु ,स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियोे । कार्यक्रमको संचालन लुम्बिनी आयुर्वेद चिकित्सालयका योगिराज बिष्णुहरि आचार्यले गर्नुभएको थियोे । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।