राष्ट्रिय दैनिक / नवलपरासी ,२१ असाेज
लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरीले बिकासका लागी कला सस्कृतीको रक्षा गर्दै व्यवसायीकरण गरि पर्यटन प्रवर्द्धन गर्न सकिने बताउनुभयो ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ६ मा रहेको ब्रमस्थान कृषक महिला समुहले आयोजना गरेको थारु जितिया महोत्सवलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरीले कला संस्कृतिकाे जगेर्ना गरि पर्यटनको बिकास गर्न सकिने बताउनु भएको हो ।

नेपाल बिविध कला संस्कृती भएको मुलुक हो । हामीले संस्कृतीको बिबिधतामा आफुलाइ खोजिरहेको बताउदै चौधरीले एकले अर्को संस्कृतीको सम्मान गर्दै संस्कृतीको बिकास गर्न सकिने बताउनु भयो । उहाले-” हरेकले आफ्नो कला संस्कृती बचाउने र अर्काको संस्कृतीको सम्मान गर्नु पर्छ । कहिले काहीं हामीले संस्कृतीको सम्मान गर्ने नसक्दा द्वन्द पनि निम्ति सक्छ । त्यसैले हामीले अहिले संस्कृतिक एकतामा जोड दिनु पर्छ ।”

कार्यक्रममा संविधान सभा सदस्य बिक्रम खनाल, लुम्बिनी प्रदेश सभा सदस्य देवकरण कलवार, बैजनाथ जैसवाल, बिश्वप्रेम पाठक लगायतले बोल्दै थारु जातीको भाषा, धर्म, संस्कृती र परम्पराको जगेर्ना गर्नु पर्ने बताउनु भयो ।

लोकमणि चौधरीको रहेको कार्यक्रमको अध्यक्षता देवकला गुरौको रहेको कार्यक्रमको संचालक झबिन्द्र चौधरी र अमृता चौधरीले गर्नु भएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

