Rashtriya Dainik

जनसेवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्था प्रतापपुर सेमरीको तेस्रो अधिबेशन तथा सातौ साधारणसभा सम्पन्न

आरपि उपाध्याय /नवलपरासी ,२० असाेज

जनसेवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्था प्रतापपुर सेमरी पश्चिम् नवलपरासीको तेस्रो अधिबेशन तथा सातौ साधारणसभा शनिबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष कमल प्रसाद शर्माको अध्यक्षता तथा प्रतापपुर गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा प्रमुख अतिथि समेत रहनु भएका प्रतापपुर गाउपालिका अध्यक्ष यादब ले खानेपानी क्षेत्रमा आत्मनिर्भर बन्दै स्वच्छ खानेपानी प्रत्येक नागरिकको घर घरमा पुर्याउनु हामी सबैको पहिलो कर्तब्य रहेको बताउनु भयो ।

अध्यक्ष यादबले प्रतापपुर गाउपालिकाको सेमरिमा रहेको आदर्श मा वि लाई आउदो समयमा आदर्श बहुमुखी क्याम्पस बनाउने कार्यमा पालिका प्रतिबद्ध रहेको धारणा राख्दै उहाले बिकाश को पुर्वाधार मध्य एक रहेको खानेपानीलाई प्रतापपुर गाउपालिकाको ५४ हजार जनसंख्या लाई सहज रुपमा पुर्याउने अठोट का साथ पालिका अगाडि बढेको जिकिर गर्नुभयो।अध्यक्ष यादवले “हामी सबैको सार्थक प्रयास प्रतापपुर गाउपालिकाको समग्र बिकास”भन्ने नारालाई मुर्तरुप दिने कार्यमा आफू र पालिका तल्लिन रहेको धारणा राख्नु भयो ।

सो अवसरमा प्रतापपुर गाउपालिका उपाध्यक्ष मान कुमारी चौधरी , वार्ड न. १ का वार्ड अध्यक्ष महेन्द्र चौधरी वार्ड न २ का अध्यक्ष राम नरेश यादब बर्दघाट खानेपानी का सचिब शोभाकान्त कोइराला समाजसेवि कृष्ण प्रसाद घिमिरे सरोज कुमार थापा , गणेश प्रसाद पोख्रेल लगायतले खानेपानी र सरसफाईको महत्व बारे प्रकाश पार्नु भएको थियो ।

संस्थाका अध्यक्ष शर्माले अध्यक्षको प्रतिबेदन , कोषाध्यक्ष नाथु राम क्षेत्री ले कोषाध्यक्ष को प्रतिबेदन लेखा सम्योजक इस्वरी प्रसाद घिमिरेले लेखा प्रतिबेदन प्रस्तुत गर्नु भएको कार्यक्रम सन्चालक एवम संस्थाका सचीव राम प्रसाद जोशिले जानकारी दिनुभयो । आ.ब २०७९/८० मा संस्थाले २५ लाख शुद्ध नाफा गर्न सफल भएको संस्था का उपाध्यक्ष उर्मिला थापा क्षेत्रिले जानकारी दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित