Rashtriya Dainik

प्रतापपुर गाउपालिका ७ पर्सामा प्रहरीले सुनचादी सहित एक ब्यक्तिलाई नियन्त्रणमा

आरपि उपाध्याय / नवलपरासी ,२० असाेज

पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिका ७ पर्सामा प्रहरीले सुनचादी सहित एक ब्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

मोटरसाइकल शंकास्पद रुपमा चलाई रहेको अवस्थामा ईलाका प्रहरी कार्यालय बेलाटारीले चेकजाँचको क्रममा सुनचादी सहित सुस्ता ३ बस्ने वर्ष ३६ का सन्दिप सुनारलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यलय ब.सु.प. का सुचना अधिकारी डि.एस.पी रेशम बोहराले जानकारी दिनुभएको छ ।

ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक श्याम प्रकाश यादवको कमाण्डमा गएको गस्ती टोलीले चेकजाँचका क्रममा बिल नभएको शुद्ध सुन ४३ ग्राम ९३० मिलिग्राम र चादी १४२४ ग्राम ९०० मिलिग्राम सहित नियन्त्रणमा लिएको हो।
सुनचादी बोकि हिड्ने अभियुक्तलाई थप कानुनी कारवाहीका लागी राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जानकारी दिएको छ ।
लु.अ ७९ प ६२९ नं. को भि ३ मोटरसाईकलमा सवार अभियुक्त सुनारलाई प्रहरीले सुक्ष्म ढंगको चेकजाँचबाट नियन्त्रणमा लिइएको र थप मतियारको खोजी कार्य भैरहेको बताइएको छ ।

त्यसैगरी गोबरहिया प्रहरी चौकीले भारतबाट भन्सार छली गरेर ल्याएको २७ क्विन्टल चिनी आज बिहान बरामद गरेको छ ।
५४ वटा बोरा चिनी लु ३ च ४९६६ नम्बरको पिकप गाडिमा ल्याउदै गरेको अवस्थामा रामग्राम ८ परासीस्थित भैंसी बजारबाट अवैध चिनी बरामद गरिएको प्रहरीले जनाएको छ।

चेकिङमा रहेको प्रहरी देखेपछि गाडीका चालकले पीकअप भ्यान छोडेर फरार भएको प्रहरीले बताएको छ । बरामद भएको चिनीको मुल्य १ लाख २९ हजार ६ सय रहेको र पिकअप गाडीको मूल्य १० लाख गरि जम्मा ११ लाख २९ हजार ६ सय मुल्य रहेको अवैध चिनी र गाडीलाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार बुझाइएको जानकारीमा आएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित