Rashtriya Dainik

सरावलमा ३३ औँ गाउँले फुटबल प्रतियोगिता सुरु

राष्ट्रिय दैनिक / नवलपरासी ,१९ असाेज

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ३ सरावलमा ३३ औँ गाउँले फुटबल प्रतियोगिता सुरु भएको छ।

हिमालय युवा क्लबकाे आयाेजनामा क्लबका अध्यक्ष रामराज चाैधरीकाे अध्यक्षता तथा जिल्ला समन्वय समिति नवलपरासी प्रमुख भगाैती यादव (रुदल) काे प्रमुख आतिथ्यतामा फुटबल प्रतियोगिता सुरु भएको हाे ।

खेलको उदघाटन सत्रमा बोल्दै समन्वय प्रमुख यादवले राष्ट्रका लागि खेल, स्वास्थ्यको लागि खेल खेलाडीहरुले देशको नाम उच्च पार्न सँघर्ष गर्नुपर्ने बताउनुभयो । गाउँ गाउको खेलाडीहरुको मनोबल उच्च भए खेलकुद प्रतियोगिता हुँदा स्थानीय खेलाडीहरुको खेलकुद प्रती इच्छा वृद्धि हुनेमा जोड दिनुभएको थियो । वहाँले खेलकुदले शारीरिक व्याम देखि अनुशाशीत हुने शैली सिकिने बताउँदै यस प्रतियोगितामा शान्तिपुर्ण रुपले खेल प्रदर्शन गर्न सुझाव दिदै खेलकाे सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

त्यस्तै सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले याे ठाउँ याे भुमि खेल र खेलाडीकाे लागि फुटबल प्रतियोगिताकाे लागि उर्बर भुमि रहेको बताउनुभयो । याे क्लबले खेल र खेलाडी साथै थुप्रै नेतृत्व पंक्ति उत्पादन गरिरहेकाे कुरा राख्दै खेलबाट जागिर मिल्न सकेको पनि धारणा राख्नुभएको थियो । बिगतकाे वर्षदेखि यश क्लबलाई सहयोग गरेको बताउदै हाल पालिका अध्यक्ष भएर पनि यश क्लबकाे विशिष्ट अतिथिकाे रुपमा प्रतिनिधित्व गर्न पाउँदा खुशी लागेको बताउनु भएको थियोे । पालिकाले अब खेल र खेलाडी ब्यवस्थापन गर्नकाे लागि कार्यविधि बनाइ रहेको कुरा राख्दै पालिका खेल र खेलाडी उत्पादन गर्ने बताउदै यश खेल सन्चालनका लागि विशेष सहयोग साथ दिईरहने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियोे ।

त्यस्तै उपाध्यक्ष बासमति हरिजनले खेलबाट खेलाडीले राम्रो गर्न सके भने आफ्नो परिवार वडा र समग्र पालिकाकाे नाम राेसन हुने बताउनुभयो । खेलले शरिरलाई स्वास्थ बनाउनुकाे साथै यसले राेजगार सृजना हुने बताउनुभयो । वहाँले खेल र खेलाडीकाकाे लागि पनलिकाबाट विशेष सहयोग साथ रहने बताउनुभयो ।

कार्यक्रममा सरावल ३ वडा अध्यक्ष फिरंगी चाैधरी,समाजसेवी हरिलाल यादव , समाजसेवी इन्द्रकमल यादव , पुर्व वडा सदस्य चन्दा चाैधरी र पत्रकार उमेश बि.क लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

प्रतियोगितामा प्रथम हुने समुहलाई नगद रु ४५ हजार ५ सय ५५ रुपैया , कप पत्र र उपविजेतालाई नगद २५ हजार ५ सय ५५ रुपैया सहित प्रमाणपत्र प्रदान गरिने क्लबका उपाध्यक्ष सन्दिप बि.कले जानकारी दिनुभयाे ।

क्लबका सचिव सुनिल बि.क काे स्वागत मन्तब्यबाट सुरुवात भएको कार्यक्रमकाे सन्चालन उपाध्यक्ष सन्दिप बि.कले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित