आरपि उपाध्याय / नवलपरासी ,२० असाेज
पुर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिकाको आ.व.०७९/८० को वार्षिक समिक्षा गोष्ठी शुक्रबार पालिका हलमा सम्पन्न भएको छ।
विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीको अध्यक्षता तथा पालिकाकै प्रमुख प्रशासकीय अधिकृत बोधराज बस्यालको विशिष्ट आतिथ्यतामा समीक्षा गोष्ठी सम्पन्न भएको हो।
सो अवसरमा अध्यक्ष गिरीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय नारालाई सार्थक बनाउन सबैको सकृय सहयोगको आवश्यकता रहेको बताउदै समिक्षा गोष्ठीलाई अझ बढी फलदायी बनाउन पारदर्शी र जवाफदेही हुने कुरा माथी प्रकाश पार्नु भएको थियो।
वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै लेखा शाखा प्रमुख राजु सुवेदीले ०७९/८० को लेखा प्रगति विवरण जानकारी गराउनु भयो।
कार्यक्रममा पालिका का इन्जिनियर शम्भु के.सी.ले योजना पुर्वधार विकासको विवरण पेस गर्नुभएको थियो भने शिक्षा, खेलकुद विकास शाखाको प्रतिवेदन शिक्षा शाखा प्राविधिक अमर न्यौपानेले प्रस्तुत गर्नुभएको थियो।
त्यसैगरी पशु विकास शाखाको प्रतिवेदन रामदेव माहासेठ र स्वास्थ्य शाखाको प्रतिवेदन स्वास्थ्य शाखा प्रमुख ध्रुवराज काफ्लेले प्रस्तुत गर्नुभएको कार्यक्रम सञ्चालक कृष्ण प्रसाद अर्यालले जानकारी दिनुभएको छ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय दुम्किबासका प्रहरी निरीक्षक पदमराज थापा,सशस्त्र प्रहरी बल नेपाल होङ्सी बेस क्याम्पका सशस्त्र प्रहरी निरीक्षक हरित बडवाल,जनप्रतिनिधि, राजनिती दल र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।

पालिका उपाध्यक्ष भगवती बैदवारले उपस्थित सबैमा स्वागत गर्नुभएको आयोजकले जानकारी दिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

