राष्ट्रिय दैनिक / नवलपरासी, १८ असाेज
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले हिन्दु समुदायका महिलाले मनाउने जितिया पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा गरेको छ ।
पालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले हिन्दु समुदायका महिलाले मनाउने जितिया पर्वको अवसरमा सरावल वासीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
तराई वासीहरूको महान पर्व जितिया पर्व नेपाली पात्रोमा २०८० असाेज २० गते भएतापनि तिथि अनुसार भोलि शुक्रबार १९ गते पर्न गएकोले शुक्रबार गाउँ कार्यपालिकाको कार्यालय, सबै वडा कार्यालय, स्वास्थ्य संस्थाहरू र सम्पूर्ण शैक्षिक संस्थाहरूमा बिदा रहेको पालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले जानकारी दिनुभएको हाे।
अध्यक्ष चाैधरीले सम्पूर्ण ब्रतालु महिलाहरुलाई निष्ठा पूर्वक जितिया पर्व मनाउन अपिल गर्नुभएको छ । वहाँले सन्तान प्रति स्नेह झल्काउने यस महापर्वले पालिकाभरी नै आस्था र प्रेम कायम गरुन भनि कामना पनि गर्नुभएको छ ।

पुत्रको दीघायूको कामना गर्दै हिन्दु धर्मावलम्बीहरुले जितिया पर्व मनाउने गर्दछन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

