आरपि उपाध्याय / नवलपरासी ,१८ असाेज
पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका ४ मोतिपुर केराघारीबाट प्रहरीले ट्याक्टर सहित अवैध चामल बरामद गरेको छ।
सिमापार भारतबाट भन्सार छली ट्याक्टरमा ल्याएको ५७ बोरा चामललाई बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.स.प.) का सुचना अधिकारी डिएसपी रेशम बोहराले जानकारी दिनुभएको छ।
दक्षिणी सिमानाकाबाट ट्याक्टरमा लोड गरि अवैध रुपमा चामल भित्राइएको गोप्य सुचनाको आधारमा प्रहरी चौकी गुठीप्रसौनीका प्र.स.नी. बिकाउ साह र ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक श्याम प्रताप यादवको संयुक्त नेतृत्वमा गएको प्रहरी टोलीले चामल सहितको ट्याक्टर नियन्त्रणमा लिएको हो।
नम्बर प्लेट पूरा नखुलेको स्वराज ९६३ को ट्याक्टरमा चामल लोड गरि ल्याउदै गरेको अवस्थामा प्रहरीलाई देख्नासाथ ट्याक्टर चालक र केही मजदुर पनि फरार भएको प्रहरीले बताएको छ।
प्रहरीले बरामद गरेको चामलको मूल्य १ लाख ५३ हजार ९ सय, ट्याक्टरको मूल्य ८ लाख र ट्रली १ लाख गरि कुल १० लाख ५३ हजार रहेको प्रहरीको भनाइ छ।
प्रतापपुरको गुठीप्रसौनी आसपासका ईलाकाहरुमा अवैध कर्मीहरु कृयाशिल हुन थालेको संकेत पाउनासाथ प्रहरीले पनि सुक्ष्म ढङ्गबाट निगरानी बढाएपछी चामल लोड गरेको ट्याक्टर बरामद गरेको थियो।
प्रहरीले नियन्त्रणमा लिएको चामल लोड गरेको ट्याक्टरलाई आजै थप कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाउने तयारी भैरहेको बुझिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

