राष्ट्रिय दैनिक / नवलपरासी ,१८ असाेज
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. २ मा रहेको चिसापानी अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बन्दै गएको छ ।
विरामीको सहजताका लागि अस्पतालमा टोकन लिने व्यवस्था सुरु भएको हो । अब विरामी र आफन्तले अस्पतालको सेवा लिन लाइन बस्नुपर्ने झन्झट सकिएको छ । सोमबारबाट लाइन व्यवस्थापन गर्न टोकन सिस्टम सुरु गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पताललाई विशेषज्ञ सेवासहितको अस्पतालका रुपमा विस्तार गर्न गएको फागुनमा चौधरी फाउण्डेसनसँग सम्झौता भएको थियो । फाउण्डेसनको अगुनवाईमा अस्पतालको सेवा प्रवाह प्रभावकारी हुनुका साथै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने काम भइरहेको छ ।
यो क्षेत्रका नागरिक सामान्य विरामी हुँदासमेत उपचारका लागि बुटवल र भैरहवा जानुपर्ने अवस्था रहेकोमा चौधरी फाउण्डेसनले चिसापानी अस्पताललाई रिफरल अस्पतालकारुपमा विकास गर्न पहल लिएको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले निर्वाचनका बेला चिसापानी अस्पताललाई विशेषज्ञ सेवा सुविधासहितको अस्पतालका रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका थिए । चुनावी प्रतिबद्धता अनुसार अस्पताललाई नवलपरासी जिल्लाकै सुविधा सम्पन्न अस्पतालका रुपमा विकास गर्न लागिएको हो ।
चौधरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
चौधरी फाउण्डेसनसँगको सम्झौतामा अस्पतालमा २४ सै घण्टा ल्याब सुविधा उपलब्ध हुने, शल्यक्रिया सेवासहितको बर्थिङ सेन्टर स्थापना र २४ सैं घन्टा आपतकालीन सेवाहरूको सुनिश्चितता गरिने सम्झौता पत्रमा उल्लेख थियो ।
यसैगरि ओपीडी दर्ताका लागि टोकन प्रणाली लागू गर्ने, आर्टिफिसियल लिम्ब (कृत्रिम हातखुट्टा) सेवा उपलब्ध गराउने र आगामी ४ वर्षभित्र अस्पताललाई आत्मनिर्भर बनाउने दुई पक्षबीच समझदारी भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

