Rashtriya Dainik

नेपाल प्रहरी श्रीमती संघ र जिल्ला प्रहरी कार्यालय नवलपरासीद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

आरपि उपाध्याय / नवलपरासी ,१८ असाेज

नेपाल प्रहरी श्रीमती संघ र जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.स.प.) को संयुक्त आयोजनामा जिल्ला अन्तर्गतको एक आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ।

रामग्राम नगरपालिका वडा न.१५ स्थित जनता आधारभुत विद्यालय ननइका ९१ छात्रछात्रालाई शैक्षिक सामाग्री वितरण गरिएको जिल्ला प्रहरी कार्यालय ब.स.प. का सुचना अधिकारी डिएसपी रेशम बोहराले जानकारी दिनुभएको छ।
६८औं प्रहरी दिवस २०८० को अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुवरको प्रमुख आतिथ्यतामा शैक्षिक सामाग्री वितरण गरिएको थियो।

सो अवसरमा अध्यक्ष कुवरले सीप विकास आयआर्जन तथा क्षमता अभिवृद्धि कार्यक्रममा संघ प्रतिबद्ध रहि संागठनिक गुनासो र सरसल्लाहलाई पालन गर्दै जाने बताउनुभयो।

उक्त अवसरमा जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.स.प.) का प्रहरी उपरीक्षक काजी कुमार आचार्य,रामग्राम नगरपालिका प्रमुख धनपत यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पशुपति चौधरी,बहाल वाला प्रहरी कर्मचारी, पुर्व प्रहरी,शिक्षक र विद्यार्थीहरुको उपस्थिति रहेकोे थियो।

कार्यक्रममा सरोकारवाला निकाय सङ्ग छलफल तथा समसामयिकी विषयमा अन्तर्कृया कार्यक्रम पनि भएको जिल्ला प्रहरी कार्यालय पश्चिमले बताएको छ।


नेपाल प्रहरी श्रीमती संघद्वारा प्रदान गरिएको शैक्षिक सामाग्री वितरण कार्यले त्यस क्षेत्रका अभिभावक र बालबालिकाहरुमा थप उत्साह बढेको जानकारीमा आएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित