Rashtriya Dainik

बहुदरमाई नगरपालिका-८ रामनगरीमा दुई महिला समेत ३१ जनाले गरे रक्तदान

राजन कुमार बानिया /पर्सा ,१७ असोज

पर्साको बहुदरमाई नगरपालिका वडा नं ८ रामनगरीमा अाज रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी उपशाखा कार्यलय र रामनगरी युवा समाजले संयुक्त रुपमा अायोजना गरेको रक्तदान कार्यक्रममा दुई महिला समेत ३१ जनाले रक्तदान गरेका छन।

रक्तदान जीवन दान भन्ने नाराका साथ, एक थुपा रक्तदान बाट कसैको जीवन बचिन्छ भन्दै युवा हरुले रक्तदान गरि पुन्यको काममा सहभागी भएका छन।

रक्तदान कार्यक्रममा ३१ भन्दा बढीले रक्तदान गरेका हुन। रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी उपशाखा सभापति हरेन्द्र साह तेली को सभापतित्वमा सम्पन्न भएको हो।

रक्तदान कार्यक्रममा सहयोगी अाकाश गुप्ता ,दिपेन्द्र प्रजापती,अमिर शर्मा,रोशन गुप्ता , प्राबिधिक सहयोग रक्तसंचार केन्द्र पर्साका मनिष गुप्ता ,रामप्रित पंडित,नवीन चौरसिया,संदिप यादव लगायतको सहभागिता रहेको थियो।रक्तदान गर्ने युवाहरुलाई प्रमाणपत्र दिएर सम्मानित गरेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित