राष्ट्रिय दैनिक / १६ असाेज
राष्ट्रिय चित्रकार नर बहादुर बि.क “अन्तर्राष्ट्रिय कलारत्न सम्मान ” बाट सम्मानित हुनुभएको छ।
मित्र राष्ट्र भारतकाे जयपुरमा राष्ट्रीय कलापर्व आयोजन समिति, टोंक एवं राजस्थान ललित कला अकादमी, जयपुर (राजस्थान ) मा आयाेजित कार्यक्रममा चित्रकार बि.क सम्मानित हुनुभएको हाे।

भारतीय समसामयिक कलाक्षेत्रमा उल्लेखनीय विशिष्ठ योगदान पुर्याएकाे भन्दै “अन्तर्राष्ट्रिय कलारत्न सम्मान ” बाट सम्मानित गरिएको हाे।

पश्चिम नवलपरासीको सरावल गाउँपालिका ३ सरावलमा जन्मभई काठमाडौं कर्मथलाे बनाउनुभएकाे चित्रकार बि.क यसअघि थुप्रै स्थानमा सम्मानित भइ सक्नुभएकाे छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

