उमेश बि.क / नवलपरासी ,१५ असाेज
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नु भएका बुद्ध प्रकाश पौडेललाई आज स्वागत गरिएको छ ।
गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक) ,पालिका प्रबक्ता एवं वडा नम्बर ६ वडा अध्यक्ष कृष्णचन्द्र यादव , वडा नम्बर ३ वडा अध्यक्ष गाेधन हरिजन तथा कर्मचारीहरुकाे संयुक्त टाेलीले टीका-खादा सहित स्वागत गर्नुभएको हाे।

नवलपरासीको सुस्ता गाउँपालिकाबाट सरुवा भई पाल्हिनन्दन गाउँपालिका नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा पाैडेल आज हाजिर हुनुभएको हाे ।
अधिकृत पाैडेललाई स्वागत गर्दै पालिका अध्यक्ष गुप्ताले पाल्हिनन्दनलाई राम्रो बनाउने सवालमा अहम भूमिका निर्वाह गर्न र सहकार्यले मात्र गाउँपालिकाको विकास सम्भव भएको बताउनुभयो । उहाँले जनप्रतिनिधी, कर्मचारी र सेवाग्राही बीचको सम्बन्धलाई हातेमालो गर्दै काम गर्न निर्देशन दिनुभएको हाे।

भर्खरै जिम्मेवारी सम्हाल्नु भएकाे प्रमुख प्रसाशकीय अधिकृत पौडेलले स्थानीयको सहयोग र समन्वयमा पाल्हिनन्दन गाउँपालिकालाई नमूना गाउँपालिका बनाउन आफु प्रतिबद्ध रहेको बताउनुभयो । सामाजिक, आर्थिक र राजनैतिक दृष्टिकोणले महत्वपूर्ण यस गाउँपालिकामा कृषि क्षेत्र र औद्योगिक क्षेत्रको रुपमा सम्भावना बोकेको यस गाउँपालिकाको विकास र स्तरोन्नतीको लागि आफु सधैं लागिपर्ने बताउदै गाउँसभाको नीति तथा कार्यक्रम बमोजिम पालिकाको समग्र विकासका काम र सेवा प्रवाहमा गुणस्तरीय सुधार ल्याउने बताउनुभयो । वहाँले जनप्रतिनीधी र कर्मचारीबीच सहज वातावरण मिलाउने र कार्य सन्चालनमा जटिल चुनौती आए ता पनि कहिल्यै पछि नहट्ने र सबैसँग हातेमालो गरेर कार्य गर्न प्रतिबद्धता व्यक्त गर्दै स्वागत सम्मानका लागि सबैलाई धन्यवाद दिनुभएको हाे।

प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद तिमिल्सिनाकाे गृहमन्त्रालयमा सरुवा भएपछि नयाँ प्रमुख प्रशासकीय अधिकृतकाे रुपमा बुद्ध प्रकाश पाैडेल आउनुभएको हाे।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

