Rashtriya Dainik

पल्हिनन्दनमा भाेलि ( मंगलबार) निःशुल्क स्वास्थ्य शिविर सन्चालन हुने

बिनोद निगम / नवलपरासी, १४ असोज

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकामा मंगलबार निःशुल्क स्वास्थ्य शिविर सन्चालन हुने भएको छ।

नेपाली सेना श्री गोरखदल गणको आयोजना र पाल्हिनन्दन गाउँपालिकाको सहकार्यमा स्वास्थ्य शिविर सन्चालन हुने भएको छ।

शिबिरमा देवदह मेडिकल कलेज-भैरहवाका बिशेषज्ञ डाक्टरहरुद्वारा बिरामीहरूलाई निःशुल्क जाँच हुने गाउँपालिका अध्यक्ष बैंजु प्रसाद गुप्ता ( दीपक ) ले जानकारी दिएका दिनुभएको छ ।

भाेलि मंगलबारको दिन पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ३ कुश्मा स्थित सिद्धार्थ मा.बि.मा निशुल्क स्वास्थ्य शिविर सन्चालन गर्न लागिएको हुदा पालिकाका स्थानीय जनता शिविरमा आइ स्वास्थ्य परिक्षण गराई फाइदा लिनु हुन सबैमा पालिका अध्यक्ष गुप्ताले अनुरोध गर्नुभएको हाे।

पालिका अध्यक्ष गुप्ताका अनुसार शिबिरमा साधारण स्वास्थ्य परिक्षण, छाला सम्बन्धि परिक्षण ,नाक कान घाटिको परिक्षण ,महिला रोग सम्बन्धि समस्याको परिक्षण , आँखा सम्बन्धिको परिक्षण, हाडजोर्नी सम्बन्धिको परिक्षण , बच्चा सम्बन्धिको परिक्षण, दात सम्बन्धिको परिक्षण , नशा तथा मनोरोग सम्बन्धिको परिक्षण ,मुटु रोग सम्बन्धिको परिक्षण लगाएत निशुल्क औंषधी प्रदान गरिने बताउनु भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित