Rashtriya Dainik

सशस्त्र प्रहरी बल नेपालद्वारा अवैध रुपमा नेपाल ल्याइएको केराउ बरामद

आरपि उपाध्याय / नवलपरासी , १५ असाेज

पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका अन्तर्गतको दक्षिणी सिमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरी बल नेपालले अवैध रुपमा नेपाल ल्याइएको केराउ सोमबार बरामद गरेको छ।

प्रतापपुर ५ धर्मौलीमा सिमापार भारतबाट नेपाल तर्फ ल्याउदै गरेको ३० के.जी.को ५६ बोरा केराउ बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल २६ न. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक धिरेन्द्र राज न्यौपानेले जानकारी दिनुभएको छ।

सशस्त्र प्रहरी बल नेपाल भुजहवा बि.ओ.पि. का सशस्त्र प्रहरी निरीक्षक प्रेम कार्की र गुठिप्रसौनी बि.ओ.पि.को संयुक्त जनशक्तिले अवैध केराउ पक्राउ गरेको थियो।

सशस्त्र प्रहरीद्वारा बरामद गरिएको केराउको मूल्य १ लाख ३४ हजार ४ सय रहेको र बरामद गरिएको केराउलाई थप कारवाहिको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जानकारीमा आएको छ।

पछिल्लो समय यता सिमा क्षेत्रमा अवैधकर्मीहरु सलबलाउन थालेपछि सशस्त्र प्रहरी बलका जनशक्ति पनि अभियान कै रुपमा अवैध सामाग्री बरामद गरि कानुनी कारवाहिको प्रक्रिया अगाडी बढाइएको स्रोतले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित