आरपि उपाध्याय / नवलपरासी ,१५ असाेज
गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले राष्ट्रिय एकतालाई बलियो बनाई संविधानको रक्षा गर्नु प्रत्येक नागरिकको परम कर्तव्य भएको बताउनु भएको छ ।
उहाँले प्राप्त अधिकार प्रयोग गर्दै थप अधिकारको लागी समय सापेक्ष संविधान संशोधन गरी अगाडी बढ्न सकिने बताउदै नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्रि बि.पि. कोईरालाले पनि राजनैतिक र आर्थिक परिवर्तनबाट नै मुलुकलाई सम्बृद्ध बनाउन सकिने उद्देश्य राख्नु भएकोमा बर्तमान संविधान पनि बि.पि. को भावनामा केन्द्रित रहेको जिकिर गर्नुभयो ।

पश्चिम नवलपरासी प्रतापपुर गाउपालिका ७ सुर्यपुरामा जननायक बि.पि. कोईरालाको सालिक अनावरण गर्दै पुर्व राष्ट्रपति यादवले संसारकै उत्कृष्ट संविधान मध्ये एक मानिने नेपालको नयाँ संविधान समावेशी र लोकतान्त्रिक भएकै कारण छोटो समयमा नै नेपालीहरुको प्रशस्त मात्रामा संवेधानिक अधिकार प्राप्त भएको धारणा राख्नुभयो ।

पुर्व राष्ट्रपति यादवले प्रजातान्त्रिक समाजवादका प्रणेता बि.पि. कोइराला कुशल राजनितीज्ञ मात्र नभइ साहित्यकार पनि रहेको बताउदै बि.पि. द्वारा लेखिएको पुस्तकहरु हालको समयमा पनि सान्दर्भिक र प्रेरणाको स्रोत रहेको धारणा राख्नुभयो।

प्रतापपुर गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति एवं पुर्व मन्त्रि अमरसिंह पुन , संविधान सभा सदस्य एवं नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्रि बिक्रम खनाल , माओवादी केन्द्रका केन्द्रिय सदस्य पुर्व मन्त्रि घनश्याम यादव , संविधान सभा सदस्य दुलारी हरिजन, पुर्व रक्षा मन्त्रि राम बच्चन यादव , लुम्बिनी प्रदेश सभा सदस्य बिश्व प्रेम पाठक, नेपाली कांग्रेस पश्चिम नवलपरासीका अध्यक्ष अर्जुन पाख्रेल, जिल्ला समन्व्य समिति प्रमुख भगौती प्रसाद यादव,नेकपा एमाले पश्चिम नवलपरासीका अध्यक्ष दिपेन्द्र अधिकारी लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।
प्रतापपुरको सुर्यपुरामा निर्माण भएको बि.पी कोईरालाको सालिक निर्माणमा १० लाखको लागतमा सम्पन्न भएको प्रतापपुर गाउपालिका उपाध्यक्ष मानकुमारी चौधरीले जानकारी दिनुभएको छ।

यसपुर्व पुर्व राष्ट्रपति यादवले सुस्ता गाउँपालिकाको बिग्यापमा विभिन्न संघसंस्थाका प्रतिनिधि,सामाजिक अगुवा र जनप्रतिनिधिहरु सङ्ग पनि समसामयिक विषयमा छलफल गर्नुभएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

