राष्ट्रिय दैनिक / नवलपरासी ,१४ असाेज
एम्नेष्टी ईण्टरनेशनल नेपाल समूह ३१ परासीको २६ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
समूह ३१ काे संयाेजक सद्दाम हुसेन अन्सारीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव (रुदल ) को प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको छ ।

साधारण सभालाई सम्बाेधन गर्दै समन्वय प्रमुख यादवले एम्नेस्टी ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको साधारण सभाको सफलताको कामना गर्दै मानवअधिकारका विश्वव्यापी समस्याहरूलाई सामना गर्नका लागि विश्व ऐक्यबद्धता र भाइचाराको जरूरत पर्ने र यो कुरा एम्नेस्टी जस्तो स्वयंसेवी संस्थाहरूको सक्रियाताले मात्र संभव हुने बताउनुभयो ।
उहाँले एम्नेस्टी नेपालको भावी कार्यदिशा र मानवअधिकारका सम्बन्धमा अझ प्रभावकारी कदमहरूको अपेक्षा व्यक्त गर्दै मानवअधिकारका लागि विभिन्न पहल तथा क्रियाकलाप सन्चालनका लागि सहयोग र साथ दिइने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियाे।

त्यस्तै सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले मानव अधिकार क्षेत्रमा ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ ले खेलेको भुमिका स्रहनिय रहेको र ऐम्नेष्टीले राष्ट्रिय मात्र हैन अन्तरास्ट्रिय स्तरमा पनि मानव अधिकारका उलंघनका घटनाहरु अध्ययन गर्ने र समाधान तर्फ उन्मुख गराउने गरेको बताउदै सधारणसभाका सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ का सचिव उमेश कुमार बि.कले वार्षिक प्रगति प्रतिवेदन कोषाध्यक्ष बलिराम यादवले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियाे ।

कार्यक्रममा एम्नेष्टी ईण्टरनेशनल नेपालकी केन्द्रीय सदस्य मन्जु विश्वकर्मा, समूह ३१ परासीका निवर्तमान संयोजक विजय जयसवाल, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवाली, नागरिक समाजका अध्यक्ष राधेश्याम सिंह सैथवार, रामग्राम नगरपालिकाकी पूर्व उपमेयर रम्भा कुंवर, पत्रकार महासंघका जिल्ला अध्यक्ष हरि शर्मा, रेडियो परासीका अध्यक्ष सुमनगोपाल आचार्य लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

