Rashtriya Dainik

पर्सा प्रहरीद्वारा ४८ घण्टामा फरार रहेका २ बाल कैदी पक्राउ

वीरगन्ज ,१४ असाेज

पर्सा प्रहरीले बाल सुधार गृहबाट फरार रहेका दुई जना बाल कैदीलाई पक्राउ गरेको हो। वीरगन्ज महानगरपालिका– ४ विर्तास्थित बालसुधार गृहबाट शुक्रबार बिहान दुई जना बाल कैदी बिज्याइँकर्ता फरार भएका थिए।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक कोमल शाहको अनुसार फरार रहेका दुईजना बाल कैदीलाई सिरहा र सर्लाहीको सिमानाकाबाट पर्साको क्राईम टोलीले पक्राउ गरेको बताउनुभयो।

प्रहरीले फरार रहेको ४८ घण्टमा पक्राउ गरि दुबैजनालाई बीरगन्ज ल्याउन लागिएको पर्सा प्रहरी उपरीक्षक शाहले जानकारी दिनुभयो ।

शुक्रबार विहान सुधार गृहको छतबाट हाम फालेर भागेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित