Rashtriya Dainik

राजस्व छली गरि ल्याइएको १७ मालबाहक टिपरलाइ प्रहरीद्वारा नियन्त्रणमा

आरपि उपाध्याय /नवलपरासी ,१४ असाेज

पुर्वी नवलपरासीको अरुणखोला स्थित चेकपोइन्टमा राजस्व छली गरि ल्याइएको १७ मालबाहक टिपरलाइ प्रहरीले आइतबार नियन्त्रणमा लिएको छ।

सुपा निर्माण कम्पनी प्रा.लि.ले राजस्व छली ल्याएको नदीजन्य सामाग्री १७ टिपरको सङ्ख्यालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय नवलपुरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिनुभएको छ।

चाइना स्टेट कन्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले खोला जन्य सामाग्री ट्रान्सपोर्ट गर्न लागेको १७ मालबाहक टिपरलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहिको लागि मध्यविन्दु नगरपालिका पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनु भएको छ।

सुपा निर्माण कम्पनीले एउटा गेट पासको भरमा पुर्वी नवलपरासीबाट पश्चिम नवलपरासी स्थित भुमहीको लागि सामान पठाउन लागेको अवस्थामा सूक्ष्म रुपमा चेकजाँच गर्दा मालबाहक टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारीमा आएको छ। सुपा निर्माण कम्पनी नवलपुरको मध्यविन्दु १३ मा रहेको प्रहरीले बताएको छ।

पुर्व पश्चिम राजमार्गको बर्दघाट सडक खण्डमा टिपर र ट्रकमा लोड गरि विभिन्न प्रकारको सामाग्रीहरुको अवैध ढुवानी बढेको अवस्थामा तेस्ता अवैध कार्य रोकथाम,नियन्त्रण गर्न सामान्य चेकजाँचले नपुग्ने हुँदा सूक्ष्म र गम्भीर चेकजाँचको खाचो महसुस गरिएको सर्वसाधारणले बताउन थालेका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित