Rashtriya Dainik

महिला संघको संगठन विस्तार भेला

नवलपरासी , १३ असोज ।

नेपाल महिला संघ जिल्ला कार्य समिती नवलपरासीको आयोजनामा संगठन विस्तार अभियान अन्तर्गत महिला अगुवा कार्यकर्ताहरुको बृहद भेला बर्दघाट — ७ जिमिरेभारमा सम्पन्न भएको छ ।

नेपाल महिला संघ नवलपरासीकी अध्यक्ष तारादेवी भण्डारीको अध्यक्षता तथा नेपाल महिला संघकी केन्द्रिय सदस्य एवंम् कांग्रेस नेत्रृ कमला तिवारी (पराजुली )को प्रमुख आथिथ्तामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी महिला संघकी केन्द्रिय सदस्य तिवारी कांग्रेसको संगठन विस्तारमा महिला संघको महत्पुर्ण भुमीका रहेको हुदा त्यस प्रति पार्टी नेतृत्वको दृष्टिकोण पुग्न नसकेको विचार राख्नुभयो ।

सोही अवसरमा कार्यक्रमकी सभाअध्यक्ष महिला संघ नवलपरासीकी संयोजक भण्डारीले महिला संघको संगठन विस्तार आजको आवश्यकता रहेकाले यसका लागी सवैको सहकार्य आवश्यक रहेको जिकिर गर्नुभयो ।

सो अभियान अन्तर्गत भेलामा महिला संगको आगामी योजना , रणनिति र भावी जिल्ला अधिबेशनको तयारीबारे व्यापक छलफल गरिएको थियो । सो भेलाबाट नेपाल महिला संघ संघीय निर्वाचन क्षेत्र न. १ बाट जिल्ला अधिबेशनमा भाग लिने प्रतिनिधीहरुको नामावली सर्वसम्बत रुपमा चयन गरिएको छ ।


जस अनुसार लोमा वाग्ले, यशोदा पाण्डे ,चन्द्र कुमार गुरुङ्ग , कमला भण्डारी ,प्रेम कुमारी चौधरी, रीता फैजदार, गिरीजादेवी हरिजन ,मनसरी दलार्मी ,उमा कुमारी चौधरी, गोमा खत्री ,पार्वती आचार्य चयन हुनुभएको हो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित