नवलपरासी – मोहन बैद्य ’किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल निकट युवा र विद्यार्थी संगठनले शनिवार बिना अनुमति संचालित सरकारी गाडीलाई बर्दघाटबाट नियन्त्रणमा लिएर छाडेका छन् ।
शनिवारको बिदाको मौकामा सरकारी गाडी संचालन गरेर पदको दुरुपयोग गर्नेहरुलाई निरुत्साहन गर्नका लागि क्रान्तिकारी युवा संगठन र अखिल ( क्रान्तिकारी ) नवलपरासीले यो अभियान शुरुवात गरेको हो ।
अभियान अन्तरगत पहिलो दिन राजमार्गका संचालन गरिएका बिना अनुमति संचालन गरिएका गाडी सवार जनप्रतिनिधि तथा कर्मचारीहरुलाई सचेत गराएर छाडिएको अखिल ( क्रान्तिकारी ) का केन्द्रीय सदस्य एवं जिल्ला संयोजक सन्देस सापकोटाले जानकारी दिनुभयो । यस्तो गल्ती नदोहो¥याउने प्रतिबद्धता गरेकोले एकपटकलाई छाडिएको हो – उहाँले भन्नुभयो –अब गल्ती गरे कारवाहीका उत्रनेछौ ।
त्यस्तै सरकारी सवारी साधनको दुरुपयोग गर्नेहरूलाई पहिलो चरणमा सचेत गराउने र दोस्रो चरणमा कार्वाही गर्ने क्रान्तिकारी युवा संगठनका जिल्ला संयोजक तरुण श्रीसको भनाई छ ।
युवा र बिद्यार्थी संगठनको यो पहलकदमीलाई जनताले निकै चाँसो पूवर्क लिएको सो पार्टीका जिल्ला संयोजक रवि पाण्डेयले दावी गर्नुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

