नवलपरासी – मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) नवलपरासी शैक्षिक विकृति बिरुद्ध उत्रिएको छ ।
संगठनले बैधानिक संर्घषलाई जोड दिदैं विना अनुमति संचालन भएका शैक्षिक संस्था बिरुद्ध धावा बोल्न शुरु गरेको हो ।
सो अभियानको क्रममा बर्दघाट–१६ मा रहेको नीजि बिद्यालय ओसिस मोडेल एकेडमीले कक्षा ८ सम्म अनुमति लिएर कक्षा १० सम्म कक्षा संचालन गरेको पाएपछि क्रान्तिकारीले उक्त बिद्यालयलाई ७२ घण्टे अल्टीमेटम दिएको छ ।
बिद्यार्थीहरुको भबिष्य माथि खेलबाड गर्दै बिद्यालयले विना दर्ता कक्षा संचालन गरेकोले संगठन ७२ घण्टे अल्टिमेटम सहित संर्घषमा उत्रिन बाध्य भएको क्रान्तिकारीका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सन्देश सापकोटाले जानकारी दिनुभयो ।
अल्टिमेटमको समय सम्म बिद्यालयलाई म्याद दिइएको र उक्त अबधि भित्र गल्ती नसच्याए थप संर्घषमा उत्रिने उहाँको भनाई छ ।
यस वडाका वडाध्यक्ष भिमकाजी गुरुङ्ग बर्दघाट नगरपालिकाको सामाजिक विकास समितिका संयोजक समेत हुनुहुन्छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

