आरपि उपाध्याय / नवलपरासी , १३ असाेज
पश्चिम नवलपरासी सुस्ता गाउँपालिका अन्तर्गत नौडिहवाबाट सशस्त्र प्रहरी बलले अवैध रुपमा ल्याइएको सटिङ सुटिङ कपडा बरामद गरेको छ ।
अबैध रुपमा नेपाल ल्याइएको लेडिज र जेन्स रेडिमेट कपडा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गणका गणपती सशस्त्र प्रहरी उपरीक्षक धिरेन्द्र न्यौपानेले जानकारी दिनु भएको छ ।
असोज १३ गते बिहानीको समयमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सेमरीका सशस्त्र प्रहरी निरीक्षक श्याम थापाको कमाण्डमा गएको टोलिले उक्त अबैध सामाग्री नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको कपडाको अन्दाजी मुल्य १ लाख ९१ हजार रहेको २६ न. गणले जानकारी दिएको छ ।
पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका अन्तर्गतको दक्षिणी सिमानाका बाट ल्याइएका रेडिमेट कपडा ओसारपसार गर्ने गिरोह बारे गोप्य सुचनाको आधारमा सो कपडा नियन्त्रणमा लिइएको बताइएको छ ।
सशस्त्र प्रहरी बल सुरक्षा बेश सेमरी द्वारा नियन्त्रणमा लिइएको कपडालाई आइतबार मात्र महेशपुर भन्सार पठाइएको जानकारीमा आएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

