आरपि उपाध्याय / नवलपरासी ,१३ असाेज
जिल्ला ट्राफिक कार्यालय पश्चिम नवलपरासीले सवारी दुर्घटना न्यूनीकरण अभियानलाई थप निरन्तरता दिएको छ ।
जिल्ला अन्तर्गत सुनवल नगरपालिका १२ भुमही स्थित रामनगर एकेडेमीको सभाहलमा रामनगर एकेडेमी ,बिध्यासागर बोर्डिङ स्कूल र ज्ञानज्योती एकेडमी लगायत स्कुलका सवारी चालक र परिचालक गरि कुल ३५ जनाको समुहलाई सवारी दुर्घटना न्यूनीकरण तथा सडक सभ्यता अभिवृद्धिको लागि ट्राफिक सचेतना बारे जानकारी गराइएको थियो ।
सोही कार्यक्रममा स्कुल बस सन्चालन निर्देशिका २०७४ अनुसारको मापदण्ड बमोजिम संचालन गर्ने तथा शान्ती सुरक्षा कायम राख्नु चालकहरुको भुमिका जस्ता विषयहरुमा पनि प्रशिक्षण गरिएको जिल्ला ट्राफिक कार्यालय पश्चिम नवलपरासीले जानकारी दिएको छ ।
ट्राफिक नियम पालना र जनचेतनामूलक कार्यक्रममा जिल्ला ट्राफिक कार्यालयका ट्राफिक निरीक्षक राजु खत्री र इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक आशिष अधिकारीले संयुक्त रुपमा सहजीकरण गर्नु भएको थियो ।
बोर्डिङ्ग स्कुलका सवारी साधनबाट हुन सक्ने सवारी दुर्घटना न्युनिकरण गर्न यस्ता खाले कार्यक्रम लाभदायी हुने बिश्वास गरिएको छ ।
सवारी दुर्घटना सम्बन्धी जनचेतनामूलक कार्यक्रम राजमार्ग केन्द्रित भै रहदा जिल्लाको सुस्ता, प्रतापपुर , लगायत भित्री सडक खन्डमा पनि स्कुल बस चालक र परिचालकलाई पनि ट्राफिक जनचेतना र ट्राफिक नियम पालना सम्बन्धी तालिमको माग हुन थालेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

